विष्णु पौडेललाई केक खुवाउँदै शुरू भयो नेकपाको बैठक (तस्वीरहरू)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई केक खुवाउँदै नेकपाको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ।
मंगलबार जन्मदिन परेका महासचिव पौडेललाई बालुवाटारमै केकको व्यवस्था गरिएको हो। पौडेललाई शुरूमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केक खुवाएका थिए।
त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालयका अन्य नेताहरूले पौडेललाई केक खुवाउँदै सफल जीवनको शुभकामना दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले बताएका छन्।
उक्त अवसरमा नेकपा उपाध्यक्ष वामदेव गौतमले महासचिव पौडेललाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शुभकामना दिएका थिए।
अर्थमन्त्री समेत रहेका नेकपा महासचिव पौडेल आजदेखि ६२ वर्ष लागेका छन्।
अहिले बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी छ। आजको बैठकमा दुवै अध्यक्षको राजनीतिक प्रस्तावमाथि छलफल हुने कार्यसूची छ। छलफल आज नसकिए बैठक भोलि पनि बस्न सक्नेछ।
पर्सि १८ मंसीरका लागि नेकपाले यसअघि नै स्थायी कमिटी बैठक तय गरिसकेको छ।
थप तस्वीहरू: