बालुवाटारमा शुरू भयो नेकपाको सचिवालय बैठक
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ। बैठक केहीबेरअघि शुरू भएको हो।
मंगलबारको बैठकमा दुवै अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ। १३ मंसीरको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट प्रस्ताव पेश गरेका थिए।
त्यसअघि २८ कात्तिकको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले एकल प्रस्ताव पेश गरेका थिए। ओलीले त्यसको जवाफ पेश गरेका हुन्।
दुवै प्रस्ताव अध्ययनका लागि सचिवालय सदस्यहरूलाई बाँडिएको थियो। मंगलबारको बैठकमा ओलीको जवाफमा पूरक प्रस्ताव पेश गर्ने अध्यक्ष दाहालको तयारी छ।
मंगलबारको बैठकमा छलफल नसकिए बैठक लम्बिने सम्भावना छ। यसअघि आजको बैठक नेकपा मुख्यालय धुम्बाराहीमा बस्ने भनिए पनि ‘सुरक्षा थ्रेट’ भन्दै बालुवाटारमा बसेको हो।