परमाणु वैज्ञानिक फख्रिजादेहमाथि रिमोट कन्ट्रोलबाट आक्रमण भएको इरानको दाबी
इरानले आफ्ना परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या गर्न रिमोट कन्ट्रोल भएको हतियार प्रयोग भएको दाबी गरेको छ। हत्यामा इरानको निर्वासित विपक्षी समूह र इजरायलको हात भएको पनि इरानको दाबी छ।
फख्रिजादेहको अत्ययेष्टिका वेला इरानको सुरक्षा प्रमुख अली शामखानीले विद्युतीय उपकरण प्रयोग गरी रिमोट कन्ट्रोलवाला हतियारले आक्रमण भएको बताए। आक्रमणकारी घटनास्थलमा उपस्थित नभएको पनि उनले बताए।
यसअघि इरानले पहिला बम र त्यसपछि गोली हानेर उनको हत्या गरिएको बताएको थियो। फख्रिवादेहका अंकरक्षक र आक्रमणकारीबीच गोली हानाहान हुँदा तीन चार जना आक्रमणकारी मारिएको पनि बताइएको थियो।
इजरायलले अहिलेसम्म इरानको दाबीमाथि कुनै टिप्पणी गरेको छैन। सन् २००० को दशकको शुरुमा फख्रिवादेहको इरानको परमाणु कार्यक्रममा महत्वपूर्ण भूमिका थियो। इजरायलले फख्रिजादेह इरानका लागि गाप्य परमाणु हतियार बनाउन लागिपरेको आरोप लगाएको थियो।
अन्त्येष्टि कार्यक्रममा इरानको सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव एडमिरल शामखानीले इरानको गुप्तचर र सुरक्षा निकायलाई फख्रिजादेहलाई हत्या गर्ने षडयन्त्रको अनुमान पहिला नै भएको बताए। उनले भनेका छन्, “फख्रिजादेहको सुरक्षाका लागि निश्चित नै उपायहरु गरिएको थियो। तर, दुश्मनहरुले बिल्कुल नयाँ तरिका अपनाएका छन्। आक्रमणमा विद्युतीय उपकरण प्रयोग भएको छ। घटनास्थलमा कोही पनि थिएन।”
शामखानीले हत्यामा यहूदी शासन र मोसादको साथमा निर्वासित इरानी विपक्षी समूह मुजाहिदीन-ए-खाल्क (एमकेओ) सम्मिलित छन्। मोसाद इजरायलको गुप्तचर निकाय हो। एमकेओ वर्तमा सरकारको विरोध गरिरहेको निर्वासित विपक्षी समूह हो।
अरबी भाषी अल-अलाम टेलिभिजनका अनुसार यस्तो प्रकारको हतियारको नियन्त्रण स्याटेलाइटको माध्यमबाट गरिन्छ। गएको शुक्रबार जब इरानी परमाणु वैज्ञानिकको हत्या भएपछि त्यहाँको रक्षा मन्त्रालयले पूर्वी तेहरानमा हतियारसहितका आतंकवादीले निशाना बनाएको बताएको थियो।
-बीबीसी हिन्दीबाट