‘ओलीजीले जित्ने, पार्टी र आन्दोलनले हार्ने कुरा हुँदैन’
हामी पार्टीसँग जोडिएका छौं, सिंगो आन्दोलनसँग जोडिएका छौं। पार्टी, आन्दोलन र देशसमेतको यो मामिला कुनै व्यक्तिको लागि मात्र सोचेर हेर्न सकिंदैन।
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अहिले प्रश्न र ‘काउन्टर’ प्रश्नको शृंखला चलेको छ। कार्यकारी अध्यक्ष प्रचण्डले लिखित रूपमा जुन प्रश्न उठाउनुभएको थियो, उहाँ (प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली)ले त्यसको जवाफ दिनुपर्थ्यो। तर, जवाफ दिनुको साटो उहाँबाट ‘काउन्टर’ प्रश्नहरू आए। शनिबार, १३ मंसिरको सचिवालय बैठकमा उहाँले उठेका प्रश्नको जवाफ दिने भन्दा प्रश्नलाई नै ‘काउन्टर’ गर्नुभएको छ।
उहाँले आफैले ल्याएको ३८ पृष्ठको प्रतिवेदनमा पनि ‘म कमिटीको निर्णय मान्दिनँ’ भन्ने खालको कुरा छ। भन्नुको अर्थ उहाँको अनुकूल हुँदा जम्मै चिज मान्ने, जम्मै कुरा सही हुने तर उहाँको निम्ति अनुकूल भएन भने सही कुरा पनि झूठो हुने भयो। प्रतिवेदनको भाषा पनि त्यस्तै छ। झट्ट हेर्दा एकदमै सभ्य भाषा जस्तो देखिन्छ, सारमा ‘मुखमा रामराम बगलीमा छुरा’ जस्तो छ।
र, त्यसमा उहाँले एउट हास्यास्पद कुरा पनि उठाउनुभएको छ। उहाँले भन्नुभएको छ–‘प्रचण्डले मानेनन्, जिम्मेवारी पूरा गर्न सकेनन्।’ बैठक बस्न नमान्ने आफू, बोलाएको बैठकमा नआउने आफू, अनि अरुले जिम्मेवारी पूरा गरेनन् भन्ने पनि हुन्छ? उहाँले आफैले ल्याएको ३८ पृष्ठको प्रतिवेदनमा पनि ‘म कमिटीको निर्णय मान्दिनँ’ भन्ने खालको कुरा छ। भन्नुको अर्थ उहाँको अनुकूल हुँदा जम्मै चिज मान्ने, जम्मै कुरा सही हुने तर उहाँको निम्ति अनुकूल भएन भने सही कुरा पनि झूठो हुने भयो। प्रतिवेदनको भाषा पनि त्यस्तै छ। झट्ट हेर्दा एकदमै सभ्य भाषा जस्तो देखिन्छ, सारमा ‘मुखमा रामराम बगलीमा छुरा’ जस्तो छ।
हिजो हामी फरक–फरक पार्टीमा हुँदा एकअर्काप्रति के के भन्यौं, के के गर्यौं, त्यो अलग कुरा हो। त्यतिबेला त्यो स्वाभाविक पनि थियो होला। तर, अहिले हामी एउटै पार्टी छौं। कैयौं कुरा मन नपर्दा नपर्दै पनि हामी एक भएका छौं, हिजोका कुरालाई स्वीकार गरेरै। अब अहिले आएर पार्टी एकतापूर्वका कुरा उठाउनुको कारण र अर्थ के हो ? ठीक छ, त्यसो गर्ने हो भने त्यसको निश्चित ठाउँ हुन्छ। गर्ने नै हो भने त्यो कुरा महाधिवेशनमा गरौं न। त्यसो गर्यौं भने इतिहासको पनि मूल्यांकन हुन्छ, कसले के भूमिका खेल्यो भन्ने पनि छर्लङ्ग हुन्छ।
उहाँले जसरी व्यक्तिगत कुरा उठाउनुभएको छ, नहुनुपर्ने विषय आए पनि त्यसले एउटा काम भने गरेको छ– उहाँ स्वयंलाई छ्यांगै पारिदिएको छ। सबैलाई शब्दजालले भ्रमित पार्न सक्छु भनेर पनि त्यसो गर्नुभएको होला। उहाँको यो आकलन मासमा प्रभाव पार्नका लागि त सही हुनसक्थ्यो, तर पार्टीको सचेत क्याडरका लागि त्यसको अर्थ छैन।
कम्युनिष्ट पार्टी सचेत क्याडरको पार्टी हो। उहाँलाई लागेछ, यो नेताहरूको पार्टी हो, बाहिर भ्रम फैलाइदिएपछि सबै ठीक हुन्छ। उहाँ यही कुरामा भ्रममा हुनुहुन्छ। यति हुँदाहुँदै पनि उहाँले जे जति कुरा उल्लेख गर्नुभएको छ, त्यसबाट कमसेकम उहाँको मनभित्र रहेका सबै कुरा बाहिर आएका छन्। यसलाई सकारात्मक रूपमा लिनुपर्छ। अब कम्तीमा यसबारे पार्टीमा छलफल हुनेछ। र, पार्टीले जे निर्णय गर्छ त्यो सबैले मानेर जानुपर्छ।
व्यक्ति होइन, पार्टी र आन्दोलनको कुरा
प्रचण्डले ल्याएको प्रतिवेदन प्रचण्डको मात्र होइन, हामी धेरै जना नेताको प्रतिवेदन हो। त्यो प्रतिवेदन ल्याउनुहुन्थ्यो वा हुँदैनथ्याे भन्ने कुरा अब पुरानो भइसक्यो। प्रतिवेदनमा प्रश्न उठाइसकेपछि प्रधानमन्त्रीले आत्मालोचनासहित प्रतिवेदन ल्याएको भए पनि अर्को कुरा हुन सक्थ्यो। तर, उहाँले उठेका प्रश्नमा ‘काउन्टर अट्याक’ गरिसकेपछि पछाडि हट्नु भनेको त हामी सिद्धिनु हो। अब एउटा न एउटा निष्कर्षमा हामी पुग्नैपर्छ। त्यो भनेको कमिटीमा हामी अल्पमतमा पर्यौं भने पनि कमिटीले गर्ने निर्णय मानेर अघि बढ्छौं। त्यो विषयलाई बरु फेरि अर्को बैठकमा उठाउँछौं। किनभने जीवन्त पार्टीमा आफ्नो विचार जहिल्यै सुरक्षित रहन्छ।
ओली कमरेडको प्रतिवेदन गैरराजनीतिक हो। बैठक नियमित गर्ने, महत्वपूर्ण विषयमा पार्टीमा छलफल गर्ने, पार्टीका निर्णयहरू मान्ने र आफ्नो कुरामा साथीहरूलाई कन्भिन्स गर्ने प्रयास गरेको भए यो अवस्था नै आउने थिएन। समय लाग्ला, तर, उहाँले पहल गरेको भए यस्तो हुन असम्भव पनि थिएन।
ओली कमरेडको प्रतिवेदन गैरराजनीतिक हो। बैठक नियमित गर्ने, महत्वपूर्ण विषयमा पार्टीमा छलफल गर्ने, पार्टीका निर्णयहरू मान्ने र आफ्नो कुरामा साथीहरूलाई कन्भिन्स गर्ने प्रयास गरेको भए यो अवस्था नै आउने थिएन। समय लाग्ला, तर, उहाँले पहल गरेको भए यस्तो हुन असम्भव पनि थिएन। तर, प्रचण्डले बैठकमै यसको जवाफ दिन्छु भन्नुभएको छ। संघर्ष हो, पार्टीभित्र संघर्ष हुन्छ, यसलाई सामान्य रूपमा लिनुपर्छ भन्नुभएको छ। अब यसमा पार्टीले निर्णय गर्ने हो र पार्टीको निर्णय मान्नुको विकल्प छैन।
अहिलेको ठूलो समस्या ओली कमरेडको आलाेचना सहन नसक्ने स्वभाव पनि हो। पार्टी भएपछि त्यहाँभित्र बहस हुन्छ, छलफल हुन्छ, आलोचना पनि हुन्छ। आलोचना भनेको विरोध वा सत्तोसराप होइन। अहिले भइरहेको आलोचनालाई विरोधका रुपमा बुझ्नु पनि हुन्न। नभएको कुरा कसैले गर्छ, उहाँले तीनवटा गल्ती गर्नुभयो तर, कसैले आफैं जोडेर चारवटा भन्छ भने त्यो एउटाको खण्डन गरे भइहाल्यो नि। भएका तीनवटा गल्ती स्वीकारेर अघि बढ्ने पो हो। जे छ त्यसलाई स्वीकारेर अघि बढ्ने हो भने मलाई लाग्छ समस्या समाधान नहुनुपर्ने केही कारण छैन।
अहिलको संघर्ष पदका लागि मात्र हो भनिंदैछ। तर, प्रचण्डले यो संघर्ष पदका लागि गरेको होइन। उहाँले बरु पद छोड्दै जानुभएको छ। आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने कुरा मात्र होइन, शुरूमै कांग्रेस र मधेशकेन्द्रित दलले लिखित रूपमा हामी प्रधानमन्त्री बनाउँछौं भन्दा पनि उहाँले मान्नु भएन। बरु, तत्कालीन एमालेसँग गठबन्धन र एकता गर्नुभयो। अढाइ–अढाइ वर्ष प्रधानमन्त्री चलाउने ओलीजीसँगको सहमति पनि म पार्टी चलाउँछु, तपाईं सरकार चलाउनुस् भनेर छाड्नुभएकै हो। त्यसरी छाड्नुपर्ने उहाँको मजबुरी थिएन, तर सरकार स्थिर बनोस् भनेर छाड्नुभएको हो।
ओली कमरेडले प्रचण्डलाई कार्यकारी अध्यक्ष भनेर पार्टीबाट निर्णय गर्नुभयो, तर, भोलिपल्ट 'कार्यकारी पनि मै हो, प्रथम अध्यक्ष पनि मै हो' भनेर अन्तर्वार्ता दिनुभयो। एउटा माहोल बनिरहेको थियो, पार्टीमा उत्साह जागिरहेको थियो, त्यस्तो बेला उहाँले म नै सबै कुरा हुँ भनेर माहोल बिगार्नुभयो। अहिले आएर फेरि मैले अधिकार दिएकै हो, प्रचण्डले केही काम गर्न सकेनन् भन्दै हुनुहुन्छ।
भोलि चुनाव होला, उहाँ त आफ्नो क्षेत्रमा गएर जितिहाल्नुहुन्छ। आफ्नो क्षेत्रमा बजेट खन्याउनुभएको छ, भ्यूटावरदेखि अनेक थोक बनाउनुभएको छ। तर, पार्टीलाई के हुन्छ, आन्दोलनलाई के हुन्छ, त्यो पो ठूलो कुरा हो।
यसबीचमा कांग्रेससँग सत्ता साझेदारीको कुरा भयो भन्ने पनि आइरहेको छ। यत्रो बहुमतको सरकार छ, किन कांग्रेससँग मोर्चा बनाउन जानुपर्यो? किनभने समस्या समाधान गर्ने भन्दा बढाउनेतिर उहाँ लाग्नुभयो। उहाँलाई कसैले केही नभन्ने, जे जे मन लाग्छ गर्न दिने हो भने उहाँले त सबथोक समाधान गरिसकें भन्नुहोला। तर, कुरा त्यो होइन। हामी पार्टीसँग जोडिएका छौं, सिंगो आन्दोलनसँग जोडिएका छौं। पार्टी, आन्दोलन र देशसमेतको यो मामिला कुनै व्यक्तिको लागि सोचेर मात्र हेर्न सकिंदैन।
भोलि चुनाव होला, उहाँ त आफ्नो क्षेत्रमा गएर जितिहाल्नुहुन्छ। आफ्नो क्षेत्रमा बजेट खन्याउनुभएको छ, भ्यूटावरदेखि अनेक थोक बनाउनुभएको छ। तर, पार्टीलाई के हुन्छ, आन्दोलनलाई के हुन्छ, त्यो पो ठूलो कुरा हो। अहिले हामी जनतालाई जवाफ दिन नसक्ने अवस्थामा पुगेका छौं। जनताको अगाडि झुटो बोलेर कतिन्जेल टार्ने ? धेरै टाढा किन सोच्ने, अहिले नै चुनाव गर्यौं भने खास खास मान्छेबाहेक अरुले जित्न सक्ने अवस्था नै छैन। त्यति लोकप्रिय बनिसकेको कम्युनिष्ट पार्टीका लागि यो दुर्भाग्यपूर्ण हो।
(नेकपा स्थायी कमिटी सदस्य यादवसँग रामकुमार शाहीले गरेको कुराकानीमा आधारित)