सानिमा ब्यांकको निःशुल्क क्रेडिट कार्ड योजना सार्वजनिक
सानिमा ब्यांकले ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक गरेको छ।
यो योजना १५ मंसीरदेखि २२ मंसीरसम्म लागू हुनेछ। ग्राहकले अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिन सक्नेछन्। अनलाइन आवेदन ब्यांकको वेबसाइट वा यहाँ क्लिक गरेर दिन सकिनेछ।
यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिने ग्राहकले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुविधा पाउने ब्यांकका निक्षेप व्यवस्थापन प्रमुख टंकमणि बरालले बताएका छन्।
सानिमा ब्यांकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम संचालनमा रहेका छन्।
साथै, सानिमा ब्यांकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।