ला लिगामा रियल मड्रिड पराजित
स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा रियल मड्रिड घरेलु मैदानमा पराजित भएको छ। रियललाई डिपोर्टिभो अलाभेसले २-१ गोल अन्तरले पराजित गरेको हो।
पाचौँ मिनेटमा नै लुकास पेरेजले गोल गरेपछि अलाभेस खेलमा अगाडि बढेको थियो। उनले पेनाल्टीमार्फत गोल गरेका थिए। अको गोल ४९औँ मिनेटमा जोसेलुले गरेका थिए। रियलका लागि एक मात्र गोल कासेमिरोले ८६औँ मिनेटमा गरे।
जितपछि अलाभेस ११ खेलबाट १३ अंकसहित नवौँ स्थानमा उक्लिएको छ। रियल १० खेलबाट १७ अंकसहित चौथो स्थानमा छ। शीर्षस्थानको रियल सोसिडाडको १० खेलबाट २३ अंक छ। २३ अंक नै भएको अट्लेटिको मड्रिडले एक खेल कम खेलेको छ।