काठमाडौं उपत्यकामा थपिए ६४५ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै आज देशभर १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा ४८५, भक्तपुरमा ३६ र ललितपुरमा १२४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।
नेपालमा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा १४५४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी छ।
पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २३०७२३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १८०८३ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। साथै ६१८ जना क्वारेन्टिनमा बसिरहेका छन्।
मन्त्रालयका अनुसार आज ५१५ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमित भएर निको हुनेको संख्या २१११८६ पुगेको मन्त्रालयको दाबी रहेको छ।
आजको पीसीआर ९३६८ रहेको छ। यससँगै हालसम्म देशभर १७१९८२८ वटा नमूनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।