दाहाललाई ओलीको प्रश्न–‘यो नीतिगत बहस हो कि वारपारको लडाइँ ?’ (पूर्णपाठसहित)
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठकमा शनिबार अर्का अध्यक्ष दाहालले अघिल्लो बैठकमा पेस गरेको प्रस्तावको लिखित जवाफ पेस गरेका छन्।
खामबन्दीसहित पेस गरिएकमो उक्त प्रतिवेदनमा ओलीले दाहालले पेस गरेको 'प्रस्तावले कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले .खासै महत्व नदिँदा पनि हुने भएपनि त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गरेको छु', भनेर उल्लेख गरेका छन्।
उनले दाहालको प्रस्ताव खारेजयोग्य रहेको पनि बताएका छन्। ओलीले दाहाललाई यो स्वस्थ नीतिगत बहस होकि वार कि पारको लडाइँ हो भनेर सोधेका छन्। ‘शुरुमै तपाईँलाई मेरो प्रश्न छ– पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ?’, ओलीले जवाफमा लेखेका छन्, ‘तपाईंले रोजेको बाटो वाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको ?’
पूर्णपाठ: