‘चिनियाँ रक्षामन्त्री आएपछि मात्र प्रष्ट हुनेछ नेपालबारे भारतीय मूड’
भारतीय विदेश सचिवको भ्रमणले नेपाल र भारतबीच लामो समयदेखिको संवादहीनता तोडिएको चर्चा भइरहँदा दुई दिनपछि हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई नेपाल–भारत सम्बन्धमा अर्थपूर्ण मानिएको छ।
पछिल्लो समय अप्ठेरो अवस्थाबाट गुज्रिइरहेको नेपाल–भारत सम्बन्धमा देखापरेको संवादहीनता तोड्न अर्थपूर्ण मानिएको भ्रमण सकेर भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगला शुक्रबार काठमाडौंबाट दिल्ली फर्किएका छन्।
दुई दिन नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गरे। आफ्ना समकक्षी भरतराज पौड्यालसँग औपचारिक द्विपक्षीय वार्ता गरे। नेपालमा सञ्चालित केही भारतीय सहयोग परियोजनाको अवलोकन पनि गरे।

प्रधानमन्त्री ओलीले विदेशसचिव श्रृंगलामार्फत नेपाल र भारतबीच देखिएका सीमा विवाद लगायतका समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने आफ्नो सन्देश भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएका छन्। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराइका अनुसार बिहीबार साँझ प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्दा श्रृंगलाले आपसी समस्यालाई वार्ताको माध्यमबाट समाधान गर्न चाहेको मोदीको सन्देश सुनाएका थिए। “हामीसित केही समस्याहरू छन्, सीमा लगायतका सबै विषयहरूलाई द्विपक्षीय संवादका माध्यमबाट हल गरौं। समस्यालाई थाती राखेर होइन, समाधान गर्दै अगाडि जाँदा नै नेपाल–भारत सम्बन्धले नयाँ उचाइ प्राप्त गर्दछ”, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने।
नेपालले केही समयअघि भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि द्विपक्षीय सम्बन्धमा चिसोपन बढेको थियो। भारतले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो राजनीतिक नक्सामा समेटेपछि नेपालले लगत्तै आफ्नो नयाँ नक्सा जारी गरेर आफ्नो भूमिमा औपचारिक दाबी स्थापित गरेको थियो। नेपालको यो निर्णयको औपचारिक विरोध गर्दै वक्तव्य जारी गरेको भारतले त्यसपछि द्विपक्षीय वार्तामा समेत रुचि नदेखाएको चर्चा भइरहेको थियो। के विदेशसचिवको यो भ्रमणले सीमा विवादपछि नेपाल र भारतबीचको सम्बन्धमा देखिएको संवादहीनता तोडेको हो ?
पूर्व परराष्ट्रसचिव प्रधुम्नविक्रम शाहले यो भ्रमणबाट दुई देशबीचको संवादहीनता तोडिएको बताए। उनले भने, ‘‘यसले बल रोल हुन थालेको देखाउँछ। भारतको चाहना पनि छिमेकी राष्ट्रहरूसँग चिसिएको सम्बन्धले फाइदा गर्दैन भन्ने हुनुपर्छ।”
तर, नेपाल–भारत सम्बन्धका जानकारहरु अहिले यस्तो निचोड निकाल्न हतार हुने र केही दिन पर्खनुपर्ने बताउँछन्।
चिनियाँ रक्षामन्त्रीको पर्खाइ
नक्सा जारी भएपछि लामो समयसम्म जारी रहेको संवादहीनताकै बीच गएको १५ अगस्टमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद भएको थियो। तर, भारतको स्वतन्त्रता दिवसका अवसरमा भएको त्यो संवादमा के कुरा भए भन्ने सार्वजनिक भएन।
चिनियाँ रक्षामन्त्री वेई फेङ्गवे आइतबार, १४ मंसीर विहान ११ बजे काठमाडौं आइपुग्दैछन्। काठमाडौंमा उनले सैनिक मुख्यालय जंगी अड्डाबाट आफ्नो औपचारिक कार्यक्रम र भेटवार्ता शुरु गर्नेछन्, जसका लागि नेपाली सेनाले विशेष तयारी गरेको छ। करिब १२ घण्टा काठमाडौंमा रहँदा उनको प्रमुख समय जंगी अड्डामै बित्नेछ भने त्यसपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने बताइएको छ।
गत महीना भारतको बाह्य गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विंग (रअ)का प्रमुख सामन्त गोयल अचानक काठमाडौं आएका र प्रधानमन्त्री ओलीसँग भेटेर फर्केका थिए। त्यसलगत्तै भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपालको औपचारिक भ्रमण गरेका थिए। रअ प्रमुखको भ्रमण अन्योलपूर्ण रहेको र सेनाप्रमुखको भ्रमण मुलतः नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने औपचारिकतामा सीमित रहेकाले श्रृंगलाको पछिल्लो भ्रमणलाई नै द्विपक्षीय सम्बन्धका हिसाबले अर्थपूर्ण मानिएको हो।
नेपालीमा प्रष्ट बोल्ने भारतीय विदेश सचिवको भ्रमणलाई कतिपयले नेपाल र भारतबीच संवाद फुकाउन दुवै देशको राजनीतिक नेतृत्वले प्रस्थानविन्दूका रुपमा प्रयोग गरेको चर्चा गरे पनि श्रृंगलाको हँसमुख चेहराजस्तो भारतको नेपालबारेको मूड प्रष्ट नरहेको जानकारहरू बताउँछन्। यस्तो किन त ? “किनभने, दुई दिनपछि नै नेपालमा चिनियाँ रक्षामन्त्रीको निकै अर्थपूर्ण भ्रमण हुँदैछ”, भारत मामिलाका जानकार एक कुटनीतिज्ञले भने, “भारतीयहरु त्यो भ्रमणलाई निकै संशयसाथ हेरिरहेका छन्, कम्तीमा चिनियाँ रक्षामन्त्री आएर नफर्कंदासम्म नेपालबारे भारतको मूड यसै हो भन्न सकिन्न।”
चिनियाँ रक्षामन्त्री वेई फेङ्गवे आइतबार, १४ मंसीर विहान ११ बजे काठमाडौं आइपुग्दैछन्। काठमाडौंमा उनले सैनिक मुख्यालय जंगी अड्डाबाट आफ्नो औपचारिक कार्यक्रम र भेटवार्ता शुरु गर्नेछन्, जसका लागि नेपाली सेनाले विशेष तयारी गरेको छ। करिब १२ घण्टा काठमाडौंमा रहँदा उनको प्रमुख समय जंगी अड्डामै बित्नेछ भने त्यसपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने बताइएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिंगले २०७६ असोजमा नेपालको भ्रमण गरेयता चीनबाट उच्चस्तरीय भ्रमण नभएको अवस्थामा चीनको केन्द्रीय सैन्य आयोगमा राष्ट्रपति सी (आयोगका अध्यक्ष) पछिको वरियतामा रहेका फेङ्गवेको भ्रमणलाई लिएर भारत निकै सशंकित छ। किनभने भारतको चीनसँगको सीमा विवाद यतिबेला चुलीमा छ। यो अवस्थामा काठमाडौंमा चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्ने तयारीले भारतलाई क्रुद्ध बनाएको छ।
पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको शक्ति संघर्षले निम्त्याएको संकटमा चिनियाँ सक्रियता देखेर भारत थप सशंकित छ। नेकपामा संकट देखापर्दा नेपालस्थित चिनियाँ राजदूतको सक्रियता दुई पटक देखिइसकेको छ। यसबाट थप सशंकित बनेको छ, भारत। दक्षिण एशियामा चिनियाँ प्रभाव घटाउन अमेरिका र भारत एउटै मञ्चमा आएपछि चीनले पनि आफ्नो उपस्थितिलाई मजबूत बनाउन लागेको, त्यसकै निम्ति चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण हुनलागेको उसको बुझाई छ।
नेपालमा राजदूत रहिसकेका रञ्जित रायलगायतका भारतका पूर्वकुटनीतिज्ञहरूले त चीन र भारतबीच सीमालाई लिएर तनाव बढिरहेका बेला चिनियाँ रक्षामन्त्रीलाई बोलाएर नेपालले भारतको सुरक्षा संवेदनशीलताप्रति उदासीनता देखाएको सार्वजनिक टिप्पणी गरेका छन्।
चिनियाँ रक्षामन्त्रीलाई काठमाडौंमा कति महत्व दिइन्छ, द्वीपक्षीय वार्तामा उनीसँग के कस्तो कुरा हुन्छ र त्यसले आफूलाई कस्तो असर पार्छ भनेर भारतले हेरिरहेको अर्का एक पूर्व कुटनीतिज्ञले बताए। “भारत अहिलेकै अवस्थामा केपी ओलीको सरकारसँग मिलेर जान प्रयासरत छ, तर त्यो कुरा चिनियाँ रक्षामन्त्रीको भ्रमणले मात्र निर्धारण गर्नेछ”, उनले भने, “त्यसकारण पनि भारतले नेपालसँगको सम्बन्धमा देखापरेको समस्या संवादकै माध्यमबाट हल गर्न खोजेको हो कि होइन, खोजेको हो भने उसले के चाहेको हो भन्ने कुरा बुझ्न त्यतिञ्जेल पर्खनैपर्छ।”
पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको शक्ति संघर्षले निम्त्याएको संकटमा चिनियाँ सक्रियता देखेर भारत थप सशंकित छ। नेकपामा संकट देखापर्दा नेपालस्थित चिनियाँ राजदूतको सक्रियता दुई पटक देखिइसकेको छ। यसबाट थप सशंकित बनेको छ, भारत। दक्षिण एशियामा चिनियाँ प्रभाव घटाउन अमेरिका र भारत एउटै मञ्चमा आएपछि चीनले पनि आफ्नो उपस्थितिलाई मजबूत बनाउन लागेको, त्यसकै निम्ति चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण हुनलागेको उसको बुझाई छ।
प्रधानमन्त्री ओलीले भारतीय विदेशसचिवमार्फत आफू भारतसँगको सम्बन्ध सुमधुर बनाएर अघि बढ्न चाहेको सन्देश पठाएको तर भारत त्यसमा विश्वस्त हुन नसकेको ती पूर्वकुटनीतिज्ञ बताउँछन्। “हामीले सम्बन्ध सुधारको पहल गरेकै बेला चिनियाँ रक्षामन्त्रीलाई किन बोलाइयो भन्ने भारतीयहरुको मुख्य प्रश्न छ”, उनले भने, “उनीहरू त्यही उत्तर पाएपछि मात्र औपचारिक कदम चाल्ने मूडमा देखिन्छन्।”