काठमाडौं उपत्यकामा थपिए ८२२ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ८२२ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४४३ पुरुष र ३७९ महिला संक्रमित थपिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७८६७, भक्तपुरमा ६०८ र ललितपुरमा १५४६ जना सक्रिय संक्रमित छन्।
देशभर भने १७०३ जना संक्रमित थपिएका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार ४६० वटा नमूना पीसीआर परीक्षण गरिएको छ। यससँगै हालसम्म मुलुकमा कुल १७ लाख १० हजार ४६० वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयको दाबी छ।
आज १२३६ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको मन्त्रालयले जनाएको छ।
मुलकमा कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ भने क्वारेन्टिनमा ६०१ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १४३५ पुगेको छ।