तस्वीरमा राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षण
नेपाली राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षण दोस्रो दिन पनि जारी छ। कोरोना भाइरसका कारण लामो समयदेखि रोकिएको राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण आज पनि जारी रह्यो।
टीयुको क्रिकेट मैदानमा भइरहेको बन्द प्रशिक्षणमा २७ जना खेलाडीहरू सहभागी छन्। कप्तान ज्ञानेन्द्र मल्ल, उपप्तान दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र बसन्त रेग्मीलाई कोरोना पोजेटिभ देखिएकाले उनीहरू मैदामान उत्रिएका छैनन्। थप ६ खेलाडी कन्ट्याक ट्रेसिङमा परेका कारण आइसोलेसनमा बसेका छन्।
दोस्रो दिनको प्रशिक्षणमा रित गौतम पनि छन्। अन्य खेलाडीहरू मैदान फर्किन केही दिन समय लाग्ने देखिएको छ। कोरोना भाइर संक्रमणको जोखिमका ९ महिनापछि राष्ट्रिय टीमको बन्द प्रशिक्षण शुरू भएको छ।
थप तस्वीरहरू: