बन्दाबन्दीपछि धमाधम बिक्न थाले स्मार्ट फोन, मोबाइलको कारोबार चार महीनामै दोब्बर
विद्यालयदेखि विश्वविद्यालयसम्मका अनलाइन कक्षा, मोबाइलमा आएका नयाँ ‘फिचर’ र डिजाइन तथा इन्टरनेट प्रयोगकर्ता बढेकाले पछिल्लो समय स्मार्ट फोनको बिक्री ह्यात्तै बढेको छ।
सामुदायिक विद्यालयमा गएको १ असारदेखि र निजी विद्यालयमा वैशाख/जेठदेखि नै अनलाइन कक्षा हुन थालेका थिए। बन्दाबन्दीपछि कर्पोरेट कार्यालयहरुले पनि जुम मिटिङ थाले। जसका लागि स्मार्ट फोन सजिलो साधन बन्यो।
बन्दाबन्दीले परिवर्तन गरेको जीवनशैलीमा स्मार्ट फोन अनिवार्यजस्तै भए। सामान्य फिचर भएका र बार फोनको विकल्प स्मार्ट फोन बन्न थालेपछि बिक्री पनि ह्यात्तै बढेको छ। यो वर्ष दशैं र तिहारमा अन्य व्यापार व्यवसाय सुस्ताउँदा मोबाइल व्यापारी निराश हुनु परेन।
सरकारले गएको भदौदेखि विद्यालय तहको अनलाइन कक्षालाई मान्यता दिने निर्णय गरेकाले अधिकांश विद्यार्थीका लागि स्मार्ट फोन, ल्यापटप र ट्याबसहितका ‘डिजिटल डिभाइस’ अनिवार्य भयो। जसका कारण यी साधनको बिक्री बढ्यो। उता टेलिकम सेवाप्रदायक कम्पनीले पनि विद्यार्थीलाई नै दृष्टिगत गरेर डाटा प्याक सेवा दिन थालेका छन्।
यो वर्ष साउनदेखि कात्तिकसम्म रु.१४ अर्ब १५ करोड ७४ लाखभन्दा बढीको मोबाइल सेट नेपाल भित्रिए। जबकि अघिल्लो वर्ष यही अवधिमा करीब रु.८ अर्ब बराबरको मोबाइल मात्र भित्रिएको भन्सार विभागको तथ्याङ्क छ। अघिल्लो आर्थिक वर्षमा जम्मा ४३ लाख ६५ हजार ९९० मोबाइल सेट भित्रिएका थिए। ती सेटको आयात मूल्य रु.१८ अर्ब १७ करोड ७४ लाख ६८ हजार रहेको तथ्यांकमा उल्लेख छ।
यो वर्ष साउनदेखि कात्तिकसम्म रु.१४ अर्ब १५ करोड ७४ लाखभन्दा बढीको मोबाइल सेट नेपाल भित्रिए। जबकि अघिल्लो वर्ष यही अवधिमा करीब रु.८ अर्ब बराबरको मोबाइल मात्र भित्रिएको भन्सार विभागको तथ्याङ्क छ। अघिल्लो आर्थिक वर्षमा जम्मा ४३ लाख ६५ हजार ९९० मोबाइल सेट भित्रिएका थिए। ती सेटको आयात मूल्य रु.१८ अर्ब १७ करोड ७४ लाख ६८ हजार रहेको तथ्यांकमा उल्लेख छ। बन्दाबन्दीको समयमा नयाँ मोबाइल प्रयोग गर्न नपाएका ग्राहकले साउनपछि नयाँ किन्न थालेको र स्मार्ट फोनको आवश्यकता भएकाले बिक्री बढेको व्यवसायी बताउँछन्।
चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महीनामा २१ लाख ९० हजार ८२५ थान मोबाइल सेट भित्रिए। अघिल्लो वर्षको सोही अवधिको तुलनामा नेपालमा एक लाख ९० हजार बढी सेट भित्रिएका हुन्। गत आर्थिक वर्ष २०७६÷७७ को पहिलो चार महीनामा मोबाइल फोन २० लाख ११२ वटा मात्रै आयात भएका थिए। गत वर्षको तुलनमा यो वर्षको मोबाइल कारोबार रु.५ अर्ब ३३ करोडले बढेको छ। यो रकम ल्यापट, ट्याव, ग्रे मार्केटमा हुने कारोबारसहित जोड्दा गत वर्ष भन्दा दोब्बर भएको देखिन्छ।
ग्राहकको खरिद क्षमता र आवश्यकता बढ्यो
पछिल्लो समय मोबाइल बजारमा स्मार्ट फोटको बर्चश्व बढेको छ। मोबाइल फोन इम्पोर्टर्स एशोसिएसन एवम आइएमएस गू्रपका अध्यक्ष दीपक मल्होत्राका अनुसार ग्राहकको रोजाइ र आवश्यकता स्मार्ट फोन मात्रै हुन थालेको छ। स्मार्ट फोन औषतमा रु.१५ देखि २० हजार रुपैयाँमा पाइने भएकोले पनि गत वर्षको तुलनामा चालू आवको पहिलो चार महीनामा बिक्री दोब्बर भएको उनी बताउँछन्।
मोबाइलका नयाँ प्रयोगकर्ता थपिने, पुरानो सेटको ठाउँमा नयाँ किन्ने, महंगो सेटमा रुची राख्ने ग्राहक बढ्दै गएका छन्। जसकारण बेसिक छाडेर स्मार्ट फोन बिक्री हुने गरेको छ। ग्राहक पनि बिस्तारै महंगो सेटतर्फ जान थालेका छन्। मलहोत्रका अनुसार ‘सामसुङ फोल्ट २’ सेट आएको डेढ महीनामा नै २५० वटा मोबाइल बिक्री भइसकेको छ। यो मोबाइल एउटैको मूल्य रु.२ लाख ५० हजार पर्छ।
मोबाइलका नयाँ प्रयोगकर्ता थपिने, पुरानो सेटको ठाउँमा नयाँ किन्ने, महंगो सेटमा रुची राख्ने ग्राहक बढ्दै गएका छन्। जसकारण बेसिक छाडेर स्मार्ट फोन बिक्री हुने गरेको छ। ग्राहक पनि बिस्तारै महंगो सेटतर्फ जान थालेका छन्। मलहोत्रका अनुसार ‘सामसुङ फोल्ट २’ सेट आएको डेढ महीनामा नै २५० वटा मोबाइल बिक्री भइसकेको छ। यो मोबाइल एउटैको मूल्य रु.२ लाख ५० हजार पर्छ।
बन्दाबन्दीको समयमा दिन बिताउन सामाजिक सञ्चाल र टीकटकको प्रयोग बढ्दा पनि स्मार्ट फोनको प्रयोग बढेको हो। मलहोत्रा भन्छन्, “बन्दाबन्दीपछि विद्यार्थीले अनलाइन कक्षा लिन र विभिन्न कर्पोरेट कार्यालयले गर्ने जुम तथा अनलाइन मिटिङका कारण पनि स्मार्ट फोन, ट्याब र ल्यापटपको प्रयोग तथा बिक्री बढेको छ। सामाजिक सञ्जालको प्रयोग पनि बिक्री बढ्नुको काराण हो।”
तीन वर्ष अगाडि नै चोरी पैठारीबाट हुने समेत गरी वार्षिक रु.२५ अर्बको मोबाइल बजार भएको मोबाइल फोन इम्पोर्ट एशोसिएसनको भनाइ छ। अहिले बढेर कम्तिमा ३०/३२ अर्ब पुग्नुपर्ने भए पनि चोरीपैठारीकै कारण कारोबार अपेक्षा अनुसार नबढेको व्यवसायी बताउँछन्। मोबाइल फोन इम्पोर्टर्स एशोसिएसन महासचिव अमित अग्रवाल आयात हेर्दा बढेको देखिए पनि बजार खुल्नासाथै ग्रे मार्केट (चोरी पैठारी)बाट सामान आउन थालेको बताउँछन्। उनी भन्छन्, “बन्दाबन्दीपछि बन्द भएको ग्रे मार्केटबाट पुनः कारोबार हुन थालेको छ। त्यसैले वैधानिक तवरबाट व्यवसाय गर्नेलाई चुनौती छ।”
नेपालको खुला सीमा भएको, ट्याकिङ गर्ने सिस्टम नभएको र ग्रे मार्केटलाई कारबाही नहुने कारण वैधानिक बाटोको तुलनमा वर्षेनी ३० प्रतिशतसम्मको कारोबार चोरीपैठारीबाट हुने अग्रवाल बताउँछन्। सरकारले मोबाइल फोन आयातमा १३ प्रतिशत भ्याटको अतिरिक्त २.५ प्रतिशत अन्तशुल्क लिने गरेको छ। यो शुल्क आर्थिक वर्ष २०७५/७६ मा पाँच प्रतिशत थियो। व्यवसायीको असहमति र पटकपटकको आग्रहपछि २.५ प्रतिशतमा घटेको हो। मोबाइल व्यवसायीले यो अन्तशुल्क पनि हटाउन माग गरिरहेका छन्।
मोबाइलसँगै ल्यापटपका ग्राहक पनि बन्दाबन्दीपछि उल्लेख्य देखिएका छन्। भन्सार विभागको तथ्यांक अनुसार चालू आर्र्थिक वर्षको साउनदेखि कात्तिकसम्मको चार महीनामा ३८ हजार ल्यापटप भित्रिएका छन्। यसको मूल्य करीब रु.२ अर्ब आठ करोड ४१ लाख छ। यस्तै साउनदेखि कात्तिकसम्ममा ट्याबलेट नौ हजार १९० वटा भित्रिएका छन्।
ग्रे मार्केट नियन्त्रण गर्न एमडीएमएस कार्यान्वयन हुनुपर्ने
कोरोनाकै कारण विषयविज्ञ ल्याउन ढिलो भएको र आवश्यक प्रणाली जडान गर्न नसकिएको प्राधिकरणले जनाएको छ। यो प्रणाली मूख्य रुपमा ग्रे मार्केट नियन्त्रण गर्न ल्याइन लागेको हो। यसमार्फत अवैधानिक मोबाइल कुनै पनि सेवाप्रदायक कम्पनीबाट नचल्ने व्यवस्था गर्न लागिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू गरेर मोबाइल सेटको आयात, बिक्री वितरण तथा प्रयोगलाई व्यवस्थित बनाउन खोजेको छ। प्राधिकरणले एमडीएमएस जडान र संचालनको लागि प्रक्रिया अगाडि बढाइसके पनि कोरोनाभाइरस महामारीका कारण ढिलो हुन पुगेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्याल बताउँछन्।
कोरोनाकै कारण विषयविज्ञ ल्याउन ढिलो भएको र आवश्यक प्रणाली जडान गर्न नसकिएको प्राधिकरणले जनाएको छ। यो प्रणाली मूख्य रुपमा ग्रे मार्केट नियन्त्रण गर्न ल्याइन लागेको हो। यसमार्फत अवैधानिक मोबाइल कुनै पनि सेवाप्रदायक कम्पनीबाट नचल्ने व्यवस्था गर्न लागिएको छ।
यता व्यवसायीले अर्थमन्त्री विष्णु पौडेललार्ई भेटेरै ग्रे मार्केट जतिसक्दो चाँडो रोक्न आग्रह गरेका छन्। व्यवसायी आफैँ पनि यस्तो मार्केट रोक्न लागि परेका छन्। मोबाइल फोन इम्पोर्ट एशोसिएसनको पहलमा चोरीका मोबाइल बेच्ने १० जना व्यवसायीलाई चेतावनी दिइसकिएको छ। दोहोराएर चोरीपैठारीको सेट बिक्री गरेको भेटिएमा त्यस्ता विक्रेतालाई मोबाइल सेट सप्लाइ नै नगर्ने निर्णय समेत भएको छ।