पाकिस्तानमा कोरोना संक्रमणको दोस्रो लहर, अस्पतालहरुमा आईसीयू बेडको अभाव
कोरोनाभाइरसको दोस्रो लहर देखिएको पाकिस्तानमा संक्रमण दर तीव्र मात्रामा बढ्न थालेको छ। संक्रमित बढेपछि अस्पतालहरुमा आईसीयू बेडको अभाव भएको छ।
पाकिस्तानमा एक महीनाअघि दैनिक सरदर ७०० संक्रमित भेटिने गरेकोमा अहिले दिनमै तीन हजारभन्दा बढीमा संक्रमण देखिएको छ। बिहीबार तीन हजार ३०० संक्रमित भेटिएका छन् भने संक्रमणबाट ४० जनाको मृत्यु भएको छ। पछिल्लो १० दिनमा त्यहाँ २९ हजारभन्दा बढी संक्रमित थपिएका छन्।
पाकिस्तान मेडिकल एसोसिएसनले आगामी दुई साता स्थिति अझै बिग्रिन सक्ने बताएको छ।
त्यहाँ हालसम्म कोरोना संक्रमितको कुल संख्या तीन लाख ८६ हजार १९८ पुगेको छ। जसमध्ये तीन लाख ३४ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् भने सात हजार ८४३ जनाको मृत्यु भएको छ।
विश्वभर अहिलेसम्म कुल संक्रमितको संख्या ६ करोड १२ लाख ८१ हजार नाघिसकेको छ। यीमध्ये चार करोड २३ लाख ७४ हजारभन्दा बढी निको भइसकेका छन्। संक्रमणबाट हालसम्म एक करोड ४३ लाख ६ हजार ८४४ जनाको ज्यान गइसकेको छ।
विश्वभरमा कोरोनाभाइरसका एक करोड ७४ लाख ६९ हजारभन्दा बढी सक्रिय संक्रमितको उपचार चलिरहेको छ।