काठमाडौं उपत्यकामा थपिए ७८५ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ७८५ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४४८ पुरुष र ३३७ महिला संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार काठमाडौंमा ७६६०, भक्तपुरमा ५८० र ललितपुरमा १४९९ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा ९४९१ वटा नमूना पीसीआर परीक्षण गरिएको र यससँगै हालसम्म मुलुकमा कुल १७ लाख वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयको दाबी छ।
आज १४३७ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २०९४३५ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ६८० जना रहेका छन्।
पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १४१२ पुगेको छ।