चार अङ्कले बढ्यो शेयर बजार
नयाँ वर्षको पहिलो कारोबार दिन आज शेयर ४.७ विन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक करीब पाँच अङ्कले वृद्धि भई एक हजार १८८.७१ विन्दुमा पुगेको हो ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सन्सेटिभ परिसूचक १.१३ विन्दुले बढेर २५४.७७ विन्दुमा पुगेको छ । आज कूल १६५ कम्पनीको नौ लाख ६४ हजार ५९८ कित्ता शेयर रु ३० करोड ४५ लाख ७६ हजार ७८२ मूल्यमा खरीद बिक्री भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १० उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने छ उपसमूहको शेयर बढेको छ । ब्याङ्किङ ५.८९, होटल २२.४९, विकास ब्याङ्क ४.१३, निर्जीवन बीमा ६.९५, उत्पादन १०.३५, लघुवित्त ४२.४४ विन्दुले बढेको छ । जलविद्युत् ५.३२, वित्त २.०१, अन्य ५.२८ र जीवन बीमा ११.२५ विन्दुले घटेको छ ।
आज नेको इस्योरेन्स कम्पनीको सबैभन्दा बढी दुई करोड ७५ लाख ५० हजार २०१, त्यसैगरी कुमारी ब्याङ्कको एक करोड ९७ लाख ३८ हजार १८०, एनआइसी एशिया ब्याङ्ककाे एक करोड ८३ लाख ४८ हजार ४६८, एभरेष्ट इन्स्योरेन्स कम्पनीको एक करोड ६८ लाख ८५ हजार ९७७ मूल्यको शेयर कारोबार भएको छ ।
आज इभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ७.५६ प्रतिशतले कमाएका छन् । त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनीका शेयरधनीले ३.८४ गुमाएका छन् ।