थप २३ जना कोरोना संक्रमितको मृत्यु
कोरोनाबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा १६१४ संक्रमित थपिएका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमितको हुनेको संख्या २२७६४० जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १६७९३ रहेको छ।
पछिल्लो २४ घण्टामा ९४९१ वटा नमूना पीसीआर परीक्षण गरिएको र यससँगै हालसम्म मुलुकमा कुल १७ लाख वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयको दाबी छ।
आज १४३७ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २०९४३५ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ६८० जना रहेका छन्।