बालुवाटारमा देउवालाई ओलीको त्यो ब्रिफिङ– ‘प्रचण्डका कारण व्यवस्थामै संकट आउँदैछ, हामी मिलौं’
प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँगको भेटमा आफ्नै पार्टीका अर्का अध्यक्ष दाहालका कारण ‘व्यवस्थामै संकट पैदा भएको’ बताउनुले नेकपाभित्रको संकट थप जटिल बन्दै जाने संकेत गरेको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ३ मंसीरमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएका लिखित आरोपको लिखित जवाफ दिन तयारी गर्ने १० दिनको समय दिएको थियो। सोहीअनुसार सचिवालयको अर्को बैठक १३ मंसीरमा बस्ने निर्णय भएको थियो।
दाहालले ओलीमाथि विधि र पद्धतिमा नचलेको, पार्टी निर्णय नमानेकोसँगै भ्रष्टाचारसँग जोडेर कतिपय व्यक्तिगत तहका आरोपसमेत लगाएका थिए। ओलीले तिनै आरोपको प्रतिवादसहित आफूले पनि लिखित प्रस्ताव तयार पार्ने बताएपछि नेकपा बैठक १० दिनलाई स्थगन गरिएको थियो। त्यसको तीन दिनपछि, गएको शनिबार (६ मंसीरमा) प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटारस्थित आफ्नो निवासमा निम्त्याए।
दाहालले ओलीमाथि विधि र पद्धतिमा नचलेको, पार्टी निर्णय नमानेकोसँगै भ्रष्टाचारसँग जोडेर कतिपय व्यक्तिगत तहका आरोपसमेत लगाएका थिए। ओलीले तिनै आरोपको प्रतिवादसहित आफूले पनि लिखित प्रस्ताव तयार पार्ने बताएपछि नेकपा बैठक १० दिनलाई स्थगन गरिएको थियो। त्यसको तीन दिनपछि, गएको शनिबार (६ मंसीरमा) प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटारस्थित आफ्नो निवासमा निम्त्याए।
सत्तारुढ दलभित्र संकट चुलिएका बेला प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी नेतालाई अचानक निवासमा निम्त्याएपछि कांग्रेस सभापति देउवासँगै केन्द्रीय सदस्य रमेश लेखक पनि बालुवाटार पुगे। ओलीले भने नेकपाका स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङलाई आफूसँगै सहभागी गराए। सत्ता र प्रतिपक्षका चारजना नेताबीचको यो भेटघाटले राष्ट्रिय राजनीतिमा ठूलै तरंग ल्याइदियो। प्रधानमन्त्री ओलीले कांग्रेसलाई 'सत्ता सहकार्यकै प्रस्ताव गरेको' चर्चाले संकटग्रस्त नेकपा मात्र होइन, प्रमुख प्रतिपक्ष कांग्रेसभित्र पनि ठूलै हलचल ल्यायो।
प्रधानमन्त्रीको सचिवालय र कांग्रेसका नेताहरुले भने संवैधानिक निकायहरुमा नियुक्तिका लागि संवैधानिक परिषदको बैठकका सम्बन्धमा छलफल भएको, अरु केही कुरा नभएको दाबी गरे। आखिर त्यस दिन बालुवाटारमा के भएको थियो ?
ओलीको त्यो ‘ब्रिफिङ’
“प्रचण्डजीप्रति ओलीजीको निकै ठूलो रिस र आक्रोश देख्यौं, त्यो हेर्दा नेकपा साँच्चै ठूलो संकटमा पुगेको देखिन्छ”, बालुवाटारबाट फर्केपछि कांग्रेस सभापति देउवाले आफ्नो पार्टीका केही नेतालाई सुनाएका थिए।
सभापति देउवाबाट यस्तो 'ब्रिफिङ' सुनेका कांग्रेसका एक नेताले देउवालाई उद्धृत गर्दै हिमालखबरसँग भने, “'प्रचण्डजीले हाम्रो पार्टीमा गरेको षडयन्त्रका कारण हामीले अभ्यास गरिरहेको प्रणाली र अवलम्बन गरेको व्यवस्थामै संकट आउन थाल्यो, तपाईं हामी सबै मिलेर त्यसविरुद्ध लड्नुपर्यो, यो व्यवस्था जोगाउन लाग्नुपर्यो' भनेर ओलीजीले आग्रह गर्नुभयो।” कांग्रेसका ती नेताले सभापति देउवाबाट यस्तो 'ब्रिफिङ' सुनेपछि आफूले नेकपा फुटको सँघारमै पुगेको आकलन गरेको, केही गरी फुटबाट जोगिए पनि पार्टी भावनात्मक रुपमा सग्लो रहन नसक्ने देखिएको बताए।
कांग्रेस सभापति निकटस्थहरुलाई सुनाएअनुसार प्रधानमन्त्री ओलीले त्यसक्रममा ‘सरकार सफल र लोकप्रिय हुँदै गएपछि त्यसलाई सहन नसकेकाहरुले आफूमाथि प्रहार तीब्र पारेको’ बताउँदै त्यसको मुख्य प्रहार आफ्नै पार्टीभित्रबाट भएको उल्लेख गरेका थिए।
कांग्रेस सभापति देउवाले निकटस्थहरुलाई सुनाएअनुसार प्रधानमन्त्री ओलीले त्यसक्रममा ‘सरकार सफल र लोकप्रिय हुँदै गएपछि त्यसलाई सहन नसकेकाहरुले आफूमाथि प्रहार तीब्र पारेको’ बताउँदै त्यसको मुख्य प्रहार आफ्नै पार्टीभित्रबाट भएको उल्लेख गरेका थिए।
प्रधानमन्त्री ओलीले सोमबार ताप्लेजुङको घुन्सा पुगेर सार्वजनिक रुपमै यो कुरा गरे। फक्ताङलुङ गाउँपालिका–६, घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइ भवनको उद्घाटन गर्ने क्रममा ओलीले 'वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकारप्रति भ्रमपूर्ण सन्देश फैलाएको' टिप्पणी गर्दै भनेका थिए, “हामी समृद्धिका लागि अघि बढिरहेका छौं, तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्।”
राष्ट्रिय समाचार समितिका अनुसार त्यसक्रममा प्रधानमन्त्री ओलीले भारतद्वारा मिचिएको भूमि फिर्ता लिने प्रयास गरेको, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार गर्न खोजेको र बन्द नाका खोल्ने पहल गरेकाले वर्तमान सरकार सफल हुँदै गएको दाबी गरेका थिए।
बालुवाटार भेटबारे जानकारी लिन हिमालखबरले सम्पर्क गर्दा कांग्रेस नेता रमेश लेखकले भने ‘केही सैद्धान्तिक र राजनीतिक कुराकानी भएको’ प्रतिक्रिया दिए। “भेट हुँदा केही सैद्धान्तिक कुरा भइहाल्छन्, तर त्यो भेट संवैधानिक निकायहरुमा नियुक्तिका लागि संवैधानिक परिषदको बैठकबारे सरसल्लाह गर्नका लागि थियो” उनले भने, “कुराकानी मुख्यतः त्यसमै केन्द्रित थियो।”
‘व्यवस्थामाथि संकट’बारे ओली–देउवाबीच पटक पटक कुराकानी
पछिल्लो राजनीतिलाई तरंगित बनाइराखेको बालुवाटारको ओली–देउवा भेटबारे बुझ्न हामीले त्यो भेटमा सहभागी नेकपाका स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सोध्यौं– बालुवाटारमा प्रधानमन्त्री र प्रतिपक्षी नेताबीच के कुरा भएको थियो ? नेम्वाङले कांग्रेस सभापति देउवाको चासो र सरोकार संवैधानिक परिषदमार्फत हुने संवैधानिक नियुक्तिहरुमा भएकाले भेटघाट त्यसकै लागि भएको र छलफल पनि त्यसमै केन्द्रित रहेको हिमालखबरलाई बताए। “संवैधानिक परिषदको बैठक बस्नका लागि प्रधानमन्त्री र विपक्षी दलको नेताको राय बाझिनु हुन्न, अहिले परिषद सदस्य रहने उपसभामुख नै नभएकाले उहाँहरु दुई जनाबीच राय बाझिंदा निर्णय नै हुन सक्दैन। तर, यसका लागि भएको भेटबारे मान्छेले अनेक कल्पना गरेर कुरा बनाए” नेम्वाङले भने, “सत्तापक्ष र प्रतिपक्षको प्रमुख नेता भेट्दैनन्, भेटिरहेका छैनन् र उनीहरुबीच कुराकानी भइरहेको छैन भने पो देश र प्रणालीका लागि दुःखको कुरा हो, भेट्नु त आफैंमा राम्रो कुरा होइन र ?”
नेम्वाङले दुवै नेताबीच मुलुकले अवलम्बन गरेको राजनीतिक प्रणालीमाथि पैदा भएको समस्याबारे भने कुराकानी भएको बताए। “कुरा यो भेटको मात्र होइन, उहाँहरु दुई जनाबीच प्रायः भेट हुँदा बल्लतल्ल हामी सबै मिलेर संविधान ल्यायौं, कार्यान्वयनमा रहेको संविधान र प्रणालीमाथि प्रश्न उठ्न थालेकाले अरु जेसुकै विमति भए पनि संविधान र प्रणालीमाथि आएको संकटविरुद्ध हामी एकजुट भएर पहल गर्नुपर्छ भनेर प्रधानमन्त्रीले कुरा राख्ने गर्नुभएको छ” उनले भने, “पछिल्लो पटक पनि यो कुरा भएको हो, यसमा दुवै नेताको एउटै धारणा छ।”
नेकपामा देखापरेको संकट नेताहरुको मूड हेर्दा ‘वारपार’तर्फ अग्रसर भइरहँदा यसको अवतरण कसरी हुन्छ भन्ने टुंगो छैन। तर, प्रधानमन्त्री ओलीबाट आफूमाथि हुनसक्ने सम्भावित प्रहारको आकलन गरेर दाहालले मंगलबार भने एउटा रक्षात्मक कदम चालेका छन्। प्रधानमन्त्री ओलीमाथि लगाएका आरोपमा प्रधानन्यायाधीशलाई समेत मुछेका दाहालले त्यो आरोप प्रधानन्यायाधीशसँग सम्बन्धित नरहेको भन्दै आफ्नो सचिवालयमार्फत प्रष्टीकरण दिएका हुन्।
नेकपामा देखापरेको संकट नेताहरुको मूड हेर्दा ‘वारपार’तर्फ अग्रसर भइरहँदा यसको अवतरण कसरी हुन्छ भन्ने टुंगो छैन। तर, प्रधानमन्त्री ओलीबाट आफूमाथि हुनसक्ने सम्भावित प्रहारको आकलन गरेर दाहालले मंगलबार भने एउटा रक्षात्मक कदम चालेका छन्। प्रधानमन्त्री ओलीमाथि लगाएका आरोपमा प्रधानन्यायाधीशलाई समेत मुछेका दाहालले त्यो आरोप प्रधानन्यायाधीशसँग सम्बन्धित नरहेको भन्दै आफ्नो सचिवालयमार्फत प्रष्टीकरण दिएका हुन्। ‘स्वतन्त्र न्यायपालिकाका प्रमुखलाई निवासमा बोलाएर संसद भंग गर्ने, संकटकाल लागू गर्ने’ प्रयास गरेको आरोप लगाएका दाहालले ओलीलाई आरोपित गरेको लिखित प्रतिवेदनमा लेखेका थिए– ‘प्रधानमन्त्रीले आरम्भमा नै राज्यका कतिपय निकायहरुलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत आफ्नो अधीनमा ल्याउनुभयो। स्वतन्त्र न्यायपालिकाका प्रमुखलाई निवासमा बोलाएर संसद भंग गर्ने, संकटकाल लागू गर्ने, द्वन्द्वकालीन मुद्दाहरुलाई निहित उद्देश्यका लागि दुरुपयोग गर्नेसम्मको कार्यमा हिस्सेदार बनाउने प्रयास गर्नुभएको कुरा बाहिर आयो।’
आफूमाथि न्यायपालिकाबाट समेत प्रहार हुनसक्ने आकलन गरेरै हुनसक्छ, दाहालले सचिवालयमार्फत यस्तो प्रष्टीकरण दिए– ‘यही कात्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ।’
दाहालका कारण व्यवस्थामै संकट पैदा भएको बताएका प्रधानमन्त्री ओलीको दाहाललक्षित कदम के हुन्छ भन्ने चाहिं १३ मंसीरमा बस्ने नेकपा सचिवालय बैठक र त्यहाँ प्रस्तुत हुने उनको लिखित प्रस्तावमा निर्भर हुनेछ।