काठमाडौं उपत्यकामा थपिए ९४७ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ९४७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार २४ घण्टामा संक्रमित पुष्टि हुनेमा ४१० महिला र ५३७ पुरुष रहेका छन्।
योसहित आज देशभर थप १९७० जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २२४०७८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा १७८५९ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन् भने ६२७ जना क्वारेन्टिनमा बसिरहेका छन्।
आज २७९१ जना कोरोना संक्रमति निको भएका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २०४८५८ पुगेको मन्त्रालयको दाबी छ।
यस्तै आज १०८४३ वटा नमूना पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म मुलुकमा १६८१२९९ वटा नमूना पीसीआर परीक्षण भएको मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको छ।
यससँगै मुलुकमा पछिल्लो २४ घण्टायता कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ। यससँगै देशभरबाट कोरोनाका कारण मृत्यु हुनेको संख्या हालसम्म १३६१ पुगेको सरकारको दाबी छ।