सन्दकपुरमा सशस्त्रको बीओपी स्थापना
इलामको सन्दकपुर गाउँपालिका-५ जौवारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र कृषि राज्यमन्त्री राम रानाले ८ मंसीरमा बीओपीको उद्घाटन गरेका हुन्।
सशस्त्र प्रहरी बल, नम्बर १ गण इलाम मातहत स्थापना भएको सो बीओपी सीमा सुरक्षाका साथै सीमा क्षेत्रमा हुने चोरी निकासी र अपराध नियन्त्रण लगायतमा परिचालित हुनेछ।
सशस्त्र प्रहरी बलको एक प्लाटुन टोली आवश्यक बन्दोबस्तीका सामानसहित सो ठाउँमा खटिएको हो।
सशस्त्र प्रहरीका हालसम्म १८९ वटा बीओपी स्थापना भइसकेका छन्। निकट भविष्यमा २२१ वटा बीओपी स्थापना गर्ने तयारी छ।