चिकित्सक नै कोरोना संक्रमित भएपछि तीन दिनदेखि हुम्ला अस्पताल सिल
एक चिकित्सक कोरोनाभाइरस संक्रमित भएपछि जिल्ला अस्पताल हुम्ला तीन दिनदेखि सिल गरिएको छ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र उपचारमा आउने बिरामीलाई संक्रमण हुन नदिन सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका आकस्मिक सेवा र सुत्केरी सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ। अस्पताल प्रशासनले सूचना टाँसेर अस्पताल सिल गरेको जानकारी दिएको छ।
त्यहाँ कार्यरत एक चिकित्सकलाई गत शुक्रवार संक्रमण भएको पत्ता लागेको थियो। चिकित्सक संक्रमित भएको पत्ता लागेपछि सर्वसाधारणलाई सचेत हुन सार्वजनिक आह्वान पनि गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जिवि गिरीले जानकारी दिए।
अन्यत्र कोरोना संक्रमण वढिरहेको वेला हुम्लामा संक्रमित शून्य थिए। तर, पछिल्लो समय संक्रमण देखिन थालेपछि आवश्यक सतर्कता अपनाउन प्रजिअ गिरीले सबैलाई आग्रह गरे।
-यज्ञराज थापा/दैलेख