४० वर्षदेखि छोरा पर्खिरहेकी धनमाया
इलामको माई नगरपालिका वडा नम्बर १०, लुम्बाक गाउँकी ८१ वर्षीया धनमाया तिम्सिनाले आफ्नो हराइरहेको छोरो फर्किएर आउने बाटो हेर्न थालेको ४० वर्ष भयो।
उनका जेठा छोरा दीपक भनिने दुप्तप्रसाद भारतको कलकत्तास्थित दमदम सेन्ट्रल करेक्सनल होममा कैद छन्। ३९ वर्षदेखि जेलमा परेका उनी पछिल्लो १५ वर्षदेखि कलकत्ताको यही कारागारमा छन्।
हिमालखबरमा दीपक कलकत्ताको जेलमा रहेको समाचार प्रकाशित भएपछि दीपकको उद्धारको प्रयास पनि भइरहेको छ। त्यसबारे सामान्य जानकारी पाएकी दिपककी आमा धनमायाले अब भने छोरा फर्किआउनेछन् भन्ने आशा गरेकी छन्।
पहिले नै पति गुमाएकी धनमायाले दुर्घटनामा परी दाहिने हात गुमाएकी थिइन्, २०३८ मा । त्यसै साल उनका जेठा छोरा दीपक घर छोडी हिंडे।
थप सामग्री : https://www.himalkhabar.com/news/120710