काठमाडौं उपत्यकामा थपिए १००७ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १००७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५५३ पुरुष र ४५४ महिला संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार काठमाडौंमा ८६६७, भक्तपुरमा ६२८ र ललितपुरमा १४९८ जना सक्रिय संक्रमित छन्।
देशभर भने थप १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा २ लाख २२ हजार २८८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये २ लाख २ हजार ६७ जना कोरोना संक्रमित निको भइसकेका छन्। जसमध्ये आज मात्रै ३०४३ जना संक्रमित निको भएका छन्।
आज १०३८२ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म मुलुकमा १६ लाख ७० हजार ४५६ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयको दाबी छ।
यससँगै हाल मुलुकमा १८ हजार ८८४ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। क्वारेन्टिनमा भने ६२९ जना रहेका छन्। पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १३३७ पुगेको छ।