पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ। पाकिस्तानको पाकिस्तान मुस्लिम लिगले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो।
लिगले दिएको जानकारीअनुसार ९० वर्षीया अख्तर केही समययता विरामी थिइन्। उनको लन्डनको एक अस्पतालमा उपचार भइरहेको थियो। सो लिगका उप सचिव अताउल्लाह तरारले बेगमको शव केही दिनमा उनको गृह नगर पाकिस्तानको लाहोर ल्याएर अन्त्येष्टि गरिने भएको छ।
पूर्व प्रधानमन्त्री शरिफ पनि हाल लन्डनमा नै उपचाररत छन्। उनलाई मिर्गौला र मुटुको रोग देखिएको छ। त्यसैले आमा पनि लन्डनमै उपचाररत थिइन्। छोरा विरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन गएकी थिइन्। उनलाई देश बाहिर जान नहुने भनेर चिकित्सकले सुझाव दिएको भए पनि बेगम आफ्ना छोरा नवाज शरिफलाई भेट्नका लागि गत महिना लन्डन गएकी थिइन्।
उनी लन्डनमा पुगेपछि विरामी भएर उपचार गराइरहेकी थिइन्।