नेकपाको संकटमा किन मौन छन् पूर्वमाओवादी नेता ?
अध्यक्ष पुष्पकमल दाहालप्रति नै विश्वस्त हुन नसकिरहेका पूर्वमाओवादी खेमाका नेकपा नेताहरु पार्टीमा बन्ने नयाँ शक्ति सन्तुलनमा आफ्नो राजनीतिक भविष्य असुरक्षित हुनसक्ने आकलन गरेर पछिल्लो समय मौन बसेका छन्।
लामो रस्साकस्सीपछि प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष अध्यक्ष केपी शर्मा ओली पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाउन राजी भएपछि फुटको सँघारमा पुगेको नेकपाबारे भइरहेका अनेकौं अड्कलबाजी तत्कालका निम्ति अर्कोतिर मोडिएका छन्। तिहार अगाडि र तिहार लगत्तै दुई पटक बसेको सचिवालय बैठक १३ मंसीरसम्मका लागि स्थगित छ। मूलतः प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष दाहालले आफूमाथि लगाएका लिखित आरोपको लिखित प्रतिवाद गर्ने समय मागेकाले नेकपा बैठकले १० दिनको विश्राम लिएको हो। १३ मंसीरपछि नेकपाको संकटले कुन दिशा लिन्छ भन्ने तस्वीर प्रष्ट छैन।
तीनवटै कमिटीमा आफ्नो प्रभाव बलियो बनाउन प्रधानमन्त्री ओली र ओलीइतर (अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेको) समूह आफूअनुकूल समीकरण बलियो पार्ने प्रयत्न गरिरहेका छन्। तर, यो संकट र समीकरणको प्रयत्नबीच नेकपाभित्र एउटा अनौठो परिदृष्य भने प्रष्ट देखिन्छ। त्यो हो, पूर्वमाओवादी नेताहरुको रहस्यमय मौनता।
त्यसलगत्तै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने मिति पनि तय भइसकेको छ। सचिवालयले पार्टीभित्र उत्पन्न संकट समाधान गर्न नसके यो विषय स्वतः स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म पुग्नेछ। तीनवटै कमिटीमा आफ्नो प्रभाव बलियो बनाउन प्रधानमन्त्री ओली र ओलीइतर (अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेको) समूह आफूअनुकूल समीकरण बलियो पार्ने प्रयत्न गरिरहेका छन्। तर, यो संकट र समीकरणको प्रयत्नबीच नेकपाभित्र एउटा अनौठो परिदृष्य भने प्रष्ट देखिन्छ। त्यो हो, पूर्वमाओवादी नेताहरुको रहस्यमय मौनता।
नेकपाको अहिलेको संकट मात्र होइन, पछिल्लो एक वर्षयता देखापरेका विवादको शृंखलामा ओलीइतर समूहको नेतृत्व पूर्वमाओवादीकै दाहालले गरिरहेका छन्। तर, यसअघिका विवादमा सक्रिय रहने र सार्वजनिक सञ्चारमाध्यममा छाउने पूर्व माओवादीका अरु नेताहरु भने यसपटक पूरै मौन देखिन्छन्। जबकि माधवकुमार नेपालनिकट पूर्वएमालेका नेताहरु खुलेरै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरिरहेका छन्। तिनै चर्को आलोचना गर्नेमध्येका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि शनिबार चितवनको एक कार्यक्रममै इतर समूहका कार्यकर्ताबाट दुर्व्यवहार भएको छ। नेकपाभित्रको यो विवादमा आखिर किन मौन छन् पूर्वमाओवादी नेताहरु?
हिमालखबरले प्रतिक्रियाका लागि सम्पर्क गरेका स्थायी कमिटीमा रहेका पूर्वमाओवादीका ६ जना नेताले ‘अहिले यसबारे नबोल्ने’ भन्दै औपचारिक रुपमा कुरा गर्न मानेनन्। उनीहरु ६ जना नै अध्यक्ष दाहालनिकट हुन्। औपचारिक रुपमा कुरा गर्नै नमानेका उनीहरुले अनौपचारिक रुपमा भने ‘अहिलेको विवादमा बोल्न उपयुक्त नभएको’ बताए। बोल्नै नहुने कारण चाहिं के होला ?
एक स्थायी कमिटी सदस्यले अहिले पार्टीमा देखिएको समस्या विशुद्ध भागबण्डा सिर्जित र व्यक्तिगत स्वार्थका लागि भएकाले कुनै पनि बेला स्वार्थ मिल्नासाथ दुवै पक्ष एकापसमा मिल्ने र अहिले बोल्नेहरु भोलि अर्को पक्षको निशानामा पर्न सक्ने बताए। “अहिले हामी के बोल्ने ? दुई जना अध्यक्षको स्वार्थ मिल्नेवित्तिकै सबै सामसुम भइहाल्छ, दुई अध्यक्ष मिलेर पार्टी बलियो बनाऊन् भन्ने मात्र हाम्रो चाहना हो” ती नेताले भने, “प्रचण्ड कमरेडले पहिले प्रधानमन्त्रीको कार्यकाल आधा आधा बाँड्ने सहमति गर्नुभो, फेरि आफैंले ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री बनाउने निर्णय सचिवालयबाट सर्वसम्मत गराउनुभो। अहिले आफैं त्यसको विरोध गर्दै हुनुहुन्छ। हामीसँग त्यसबारे केही छलफल र सल्लाह गरेको भए पो बोल्नु, अहिले मौन बस्नु नै ठीक छ ।”
कुरा मिल्दा कोहीसँग सल्लाह नगर्ने तर आफू अप्ठेरोमा पर्दा मात्र पूर्व पार्टी पंक्तिको खोजी गर्ने यो स्वभावले पूर्वमाओवादी खेमा दाहालसँग केही हदसम्म रुष्ट पनि छ। त्यसमाथि पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत र बिना मगरलाई प्राथमिकतामा राखेर अड्डी लिएपछि विगतदेखि उनलाई साथ दिंदै आएका नेताहरु दाहालसँग थप बेखुसी बनेका छन्।
दाहालनिकट पूर्वमाओवादी नेताहरु जनार्दन शर्मा, चन्द्रप्रकाश खनाल, शक्ति बस्नेतबाहेक पूर्वमाओवादीका धेरैजसो नेता अहिले मौन छन्। यी तीन नेता पनि सन्तुलन मिलाएर मात्र बोलिरहेका छन्। नेकपाको संकटबारे मौन बसिरहेका पूर्वमाओवादी नेताहरु अनौपचारिक कुराकानीमा भने दाहालको व्यवहार नै पार्टीलाई एकताको दिशामा अघि बढाउन बाधक बनिरहेको टिप्पणी गर्छन्। स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी भन्छन्, “पार्टीमा विवाद आउनु सामान्य कुरा हो, त्यसलाई हल गर्दै अघि बढ्नुपर्दछ, पार्टी एकतालाई जोगाएर अघि बढ्नु बाहेक अर्को विकल्प छैन।”
दाहालले नेकपामा विवाद हुँदा हरेक पल्ट प्रधानमन्त्री ओलीसँगै सहमति गरेर सबै विवाद तत्कालका लागि ‘साम्य पार्ने’ गरेका छन्। बाहिर जे भनिए पनि त्यो सहमति मूलतः पदीय भागबण्डा, नियुक्ति आदिमा हुने गरेको छ। कुरा मिल्दा कोहीसँग सल्लाह नगर्ने तर आफू अप्ठेरोमा पर्दा मात्र पूर्व पार्टी पंक्तिको खोजी गर्ने यो स्वभावले पूर्वमाओवादी खेमा दाहालसँग केही हदसम्म रुष्ट पनि छ। त्यसमाथि पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत र बिना मगरलाई प्राथमिकतामा राखेर अड्डी लिएपछि विगतदेखि उनलाई साथ दिंदै आएका नेताहरु दाहालसँग थप बेखुसी बनेका छन्। दाहालले निकै प्राथमिकतमा राखेका शर्मा र पुन पनि नेकपाको पछिल्लो संकटबारे खुलेर बोलेका छैनन्।
नेकपाको एकता प्रक्रिया अझै टुंगिइसकेको छैन। एकता महाधिवेशन घोषणा भइसकेकाले धेरै नेताका निम्ति आफ्नो राजनीतिक भविष्य सुरक्षित राख्नु पहिलो प्राथमिकता बनेको छ। पार्टीभित्रको सम्भावित शक्ति सन्तुलनलाई हेरेर खुला रुपमा नबोलेको पूर्वमाओवादीका एक अर्का नेता बताउँछन्। केही दिन पहिले दाहालले नै ‘नेकपा विभाजन हुनसक्ने, तर अब पूर्वएमाले र पूर्वमाओवादीका रुपमा विभाजन नहुने’ अभिव्यक्ति दिएका थिए। त्यो अभिव्यक्तिले पनि पूर्वमाओवादी पंक्तिमा आफ्नो राजनीतिक भविष्यलाई लिएर असुरक्षाको भावना बढेको देखिन्छ।
विश्लेषक श्याम श्रेष्ठ चाहिं बोलेर पनि केही नहुने भएपछि पूर्वमाओवादीका नेताहरु मौन रहेको बताउँछन्। गृहमन्त्री रामबहादुर थापासँगै फेरि पूर्वमाओवादीमा प्रवेश गरेका नेता तथा कार्यकर्ताको ठूलो पंक्ति अहिले ओलीको पक्षमा देखिन्छ। अमेरिकी परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा बाहेक प्रधानमन्त्री ओलीले अहिलेसम्म लिएका अडान र निर्णय ठीक भएको भन्दै सामाजिक सञ्जालमा थापा पक्षीय नेता र कार्यकर्ताहरु ओलीको राजीनामा माग्नु ठीक नभएको र प्रधानमन्त्रीमा ओलीको विकल्प नभएको लेखिरहेका छन्।