अमेरिकी राष्ट्रपतिको फेसबुक र ट्वीटर अकाउन्ट बाइडेनलाई कहिले हस्तान्तरण होला?
अमेरिकी राष्ट्रपतिले चलाउने फेसबुक र ट्वीटर आगामी २० जनवरीमा नवनिर्वाचित राष्ट्रपति जोए बाइडेनलाई हस्तान्तरण गरिने सामाजिक सञ्जाल कम्पनीहरूले जनाएका छन्।
हाल राष्ट्रपति डोनल्ड ट्रम्पले चलाउने व्यक्तिगत र अफिसीयल अकाउन्टहरू छुट्टाछुट्टै हुन्। राष्ट्रपति ट्रम्पले अफिसीयल अकाउन्टहरू @POTUS भन्दा बढी आफ्नै व्यक्तिगत अकाउन्टबाट आफ्ना धारणाहरू सार्वजनिक गरिरहेका हुन्छन्।
"हामी ह्वाइटव हाउसको अफिसीयल ट्वीटर अकाउन आगामगी २० जनवरी २०२१ मा बाइडेन प्रशासनलाई उप्लब्ध गराउने गरी तयारी गरिरहेका छौं। जसरी २०१७ मा हामीले पुरानो अकाउन्टको आर्काइभ गरेका थियौं त्यसै गरी अहिले पनि तयारी थालिरहेका छौं", अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले ट्वीटरको अफिसीयल भनाइलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
यससँगै ह्वाइट हाउससँग सम्बन्धित उपराष्ट्रपति र फर्स्ट लेडी अफ द यूनाइटेड स्टेटलगायत अन्य सामाजिक सञ्जालका अकाउन्टहरू पनि सोही समयमा नै बाइडेन प्रशासनलाई हस्तान्तरण हुने भएका छन्।
"२०१७ मा ओबामा प्रशासनका फेसबुक र इन्स्टाग्राम अकाउन्टहरू जसरी ट्रम्प प्रशासनलाई हस्तान्तरण गरेका थियौं अहिले पनि त्यसै गरी आगमी २० जनवरीमा हस्तान्तरण गर्न छौं", फेसबुक कार्यालयले रोयटर्ससँग भनेको छ।