बीबीसीको 'मास्टर सेफ' प्रतिस्पर्धाको क्वार्टर फाइनलमा नेपालका सन्तोष
हस्पिटालिटी सम्बन्धी बीबीसीबाट प्रसारण हुने प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको प्रतिस्पर्धामा एक जना नेपाली सेफ क्वार्टर फाइनलसम्म पुगेका छन्। नेपाली परिकार लिएर प्रतिस्पर्धामा गएका सन्तोष शाह १६औं संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेका हुन्।
गएको १८ नोभेम्बरमा बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को पहिलो चरणको प्रतिस्पर्धामा नेपाली सेफ सन्तोषले आफ्ना तीन जना प्रतिस्पर्धीलाई पछि पारेका हुन्।
१० नोभेम्बरबाट शुरु भएको उक्त प्रतियोगीतामा सन्तोषले पहिलो राउन्डमा जजले दिएको परिकार तयार गरेका थिए भने दोस्रो राउण्डमा आफैले नेपाली परिकार तयार पारेका थिए।
उनले पोलेको माछा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार राखेर नेपाली परिकार तयार पारेका थिए।