रेशम विरहीको निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ प्रकाशित
रेशम विरहीको निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ।
भाव र प्रभाव गरी दुई भागमा विभाजित निबन्धसंग्रहमा २५ वटा निबन्धहरु रहेका छन् । यसअघि उनको ‘देब्रे आँखा’ निबन्धसंग्रह प्रकाशित भएको थियो। उनी पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा चार दशकदेखि सक्रिय छन्।
उनको निबन्धमा जिन्दगीका विविध बिसौनी र देउराली हुन्छन्। उनका कविता र उपन्यासका पुस्तक पनि प्रकाशित छन्। साहित्यमा समाज, व्यक्ति र राजनीतिलाई नजानिँदो पाराले घुच्याउने र विम्बका घुएँत्रोले चोटिलो निशाना दिनु उनको विलक्षण गुण हो।
उनको नयाँ निबन्ध संग्रह शिखा बुक्सले बजारमा ल्याएको हो। उक्त पुस्तकको मूल्य रु.३२५ छ।