नेपाली सेनाका ११३ जना शान्ति सैनिक लिविया प्रस्थान
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत लिवियामा तैनाथ स्पेसल गार्ड युनिटमा तैनाथीका लागि नेपाली सेनाका ११३ जना शान्ति सैनिक शुक्रबार लिविया प्रस्थान गरेका छन्।
उनीहरुले लिवियामा तैनाथ गार्ड युनिटको दोस्रो डफ्फालाई बदली गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनानी हिमाचल जंग शाहको नेतृत्वमा गएको यो टोलीभन्दा पहिले गएको १५ कात्तिकमा ११५ जना सैनिक लिविया पुगेका थिए। उनीहरुले पनि पूरानो टोलीलाई बदली गरेका थिए।
कोभिड-१९ महामारीका बाबजुद पनि सुरक्षा सावधानी अपनाएर राष्ट्रसंघीय शान्ति स्थापना कार्यलाई निरन्तरता दिइएको नेपाली सेनाले जनाएको छ।