होटल संघका निवर्तमान अध्यक्ष शाक्यको कोरोना संक्रमणपछि मृत्यु
होटल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोना संक्रमणका कारण निधन भएको छ। “प्रवल जनसेवाश्री चतुर्थ”बाट समेत विभूषित शाक्यको शुक्रबार बिहान ७२ वर्षको उमेरमा निधन भएको हो।
उनले हानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। २४ वर्षभन्दा बढी होटल संघ नेपालमा सक्रिय शाक्य यस क्षेत्रमा स्वस्थापित कुशल व्यवस्थापक, सरल तथा मिजासिला व्यक्ति हुनुका साथै अतिथ्यता उद्योगको स्तरोन्नी र समग्र पर्यटन प्रवर्द्धनका एक सक्रिय अभियन्ता रहेको हानका अध्यक्ष सिर्जना राणाले बताएकी छन्।
होटल क्षेत्रमा रोजगारदाता र श्रमिकको बीच एकता र सह–सम्बन्ध स्थापित गर्दै औद्योगिकमैत्री वातावरण कायम राख्न शाक्यको महत्वपूर्ण भूमिका रहेको हानले उल्लेख गरेको छ।
शाक्यका श्रीमती र दुई छोरा छन्। उनका जेठो छोरा काठमाडौं मोडल हस्पिटलका चिकित्;s हुने भने कान्छो छोरोले सोल्टीमोडमा रहेको अमर होटलको व्यवस्थापन जिम्मा लिएका छन्।