यसपालि ‘छैन छठ, छठजस्तो’ (तस्वीरहरू)
यस वर्षको छठ पर्व शुक्रबार मनाइँदैछ।
शुक्रबार, षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरिनेछ।
शनिबार, सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरेर विधिवत रूपमा छठको समापन गरिनेछ।
तर, कोरोना महामारीका कारण अघिल्ला वर्षहरूजस्तो छठको रौनक न तराई–मधेशमा छ, न काठमाडौंमा। विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिन्थ्यो।
काठमाडौं उपत्यकामा पनि काठमाडौंमा बस्ने तराईवासी र मधेशी समुदायका नागरिकले भव्य रूपमा छठ मनाउने गर्थे। उनीहरूसँगै अन्य समुदायका नागरिकले पनि छठ मनाउने चलन छ।
यद्यपि, परम्परालाई निरन्तरता दिन छठको तयारी भने भइरहेको छ। मिथिला क्षेत्रमा २ मंसीरदेखि नै छठका लागि आवश्यक सामग्री किनमेल शुरू भएको थियो भने काठमाडौं उपत्यकामा छठ मनाउनेहरूले पनि किनमेल थालेका छन्।
यस्तो देखियो काठमाडौंको कालीमाटीमा छठको किनमेलः