गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु
गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको निधन भएको छ।
फोक्सोको क्यासरका पीडित ती पुरुषलाई २७ कात्तिकमा उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।
अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार उनको मंगलबार बिहान निधन भएको हो।