नेकपा नेता खड्काको निधन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता बोम खड्काको निधन भएको छ। गुल्मीको धुर्कोट गाउँपालिका–१ का नेता खड्काको उपचारका लागि तम्घास ल्याउने क्रममा गएराति मृत्यु भएको हो। उनलाई राति १ बजे चक्कर लागेपछि उपचारका लागि लैजान लागिएको थियो।
लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहेका उनी लामो समयदेखि राजनीतिमा सक्रिय दिए। उनी तत्कालीन नेकपा (एमाले)को पूर्वजिल्ला अध्यक्ष हुन्। नेता खड्काका एक छोरा र एक छोरी छन्।
नेकपा महासचिव विष्णु पौडेलले नेता खड्काको निधनले नेपाली कम्युनिस्ट आन्दोलनका लागि अपूरणीय क्षति पुगेको बताएका छन्। पौडेलले खड्कामा उन्नत दार्शनिक, सैद्धान्तिक एवं राजनीतिक समझ, असाधारण संगठनात्मक सामर्थ्य, जनता, राष्ट्र र पार्टीप्रतिको निश्वार्थ सेवाभाव रहेको बताएका छन्।
नेकपा नेता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि खड्काको निधनप्रति दु:ख व्यक्त गरेका छन्।