नीतीश कुमारले लिए बिहारको मुख्यमन्त्रीको शपथ
नीतीश कुमारले सातौँ पटक बिहारको मुख्यमन्त्री पदको शपथ लिएका छन्। बिहारका राज्यपाल फागू चौहानले उनलाई शपथ ग्रहण गराएका हुन्। नीतीश कुमार सँगै उनको गठबन्धन दल भारतीय जनता पार्टी (बीजेपी) को तर्फबाट तारकिशोर प्रसाद र रेणु देवील पनि मन्त्री पदको शपथ लिएका छन्।
भारतीय सञ्चार माध्यमका अनुसार यी प्रसाद र देवीललाई उपमुख्यमन्त्री पनि बनाउन सकिने बताइएको छ।
तारकिशोर प्रसाद कटिहारबाट लगातार चौथो पटक विधान सभा चुनाव जितेर आएका हुन् भने रेणु देवी बेतियाबाट चुनाव जितेर आएका हुन्। नीतीश कुमार आबद्ध गठबन्धनले विधान सभाको २४३ सिटमध्ये १२५ सिट ल्याएको थियो भने विपक्षीहरूको महागठबन्धनले ११० सिट जित हासिल गरेको थियो। अन्यले आठ सिट जितेका थिए।