बेलायतका स्वास्थ्यमन्त्री भन्छन्- क्रिसमस भन्दा अघि नै कोरोना भ्याक्सिन वितरण हुने सम्भावना छ
बेलायतले औषधी निर्माण कम्पनी फाइजर बीयोनटेकसँग मिलेर बनाएको पहिलोपटक ९० प्रतिशत प्रभावकारीता देखिएको कोरोना भ्याक्सिन आउँदो क्रिसमसअघि वितरण गर्ने सम्भावना रहेको बताएको छ।
बेलायतका स्वास्थ्य मन्त्री माट हान्कोकले सोमबार बीबीसी टेलिभिजनसँग कुरा गर्दै फाइजरसँग मिलेर काम गरिरेको बताएका हुन्। "हामी जतिसक्दो छिटो यसको अन्तिम नतिजामा पुग्ने तयारी गरिरहेका छौं, हामी डीसेम्बर महीनाको शुरुआतमा तयार हुने सम्भावना रहेको छ। धेरैमा क्रिसमसभन्दा अघि हामी यसलाई सार्वजनिक गरिसक्ने छौंँ", उनले भनेका छन्।
कति मात्रमा तयार हुन्छ भन्ने भने यसले ट्रान्समिसनलाई कतिसम्म रोक्नसक्छ भन्ने कुराले निर्धारण गर्ने उनको भनाइ रहेको समाचार संस्था रोयटर्सले जनाएको छ।