काठमाडौं उपत्यकामा थपिए ५०१ संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ५०१ जना संक्रमति थपिएका छन्। आइतबार ८०७ जना संक्रमित थपिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २८९ पुरुष र २१२ महिलामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार काठमाडौंमा सक्रिय संक्रमितको संख्या १४२७९, भक्तपुरमा ११८८ र ललितपुरमा २२०४ रहेको छ।
यसैबीच, देशभर भने पछिल्लो २४ घण्टामा ११९७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या २१०९९७३ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा ३३३७९ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९३४ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित भएर पनि निको हुनेको संख्या १७६३६४ पुगेको छ।
हाल मुलुकमा १०१३ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ।
आज ४८३२ वटा नमूनाको पीसीआर परीक्षण भएको छ। हालसम्म देशभर १६१३९११ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
यस्तै, नेपाल थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टायता ९ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२३० पुगेको छ।