पाँच वर्षपछि खुल्यो रानीपोखरी, बालगोपालेश्वरमा भाइटीका लगाउँदै सर्वसाधारण (तस्वीरहरु)
भूकम्पले भत्काएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निमार्णपछि यो वर्ष भाइटीकामा खुला गरिएको छ। वर्षमा एक दिन भाइटीकामा मात्र खुल्ने मन्दिर यसपटक पाँच वर्षपछि मात्र खुलेको हो।
मन्दिर खुलेपछि सर्वसाधारण मन्दिर दर्शन गर्न र भाइटीका लगाउन त्यहाँ पुगेका छन्। दिदीबहिनी नहुनेले यो मन्दिरमा टीका लगाउने चलन छ। मन्दरबाहिर बसेका दिदीबहिनीले त्यहाँ पुगेका दाजुभाइलाई टीका लगाइदिने चलन पनि छ।
यसपटक महामारीमा मास्क, भाइजर र पञ्जा लगाएर दिदीबहिनीहरु भाइटीका लगाइदिन बसेका छन्। भाइटीका लगाउन जानेहरुले मास्क लगाएका छन्।
यो मन्दिरको चार कुनामा चार किसिमका देवता स्थापना गरिएको छ। पोखरीबीचमा रहेको यो मन्दिरलाई यमलेश्वर पनि भनिन्छ।