भारतीय अभिनेता सौमित्र चटर्जीको ८५ वर्षको उमेरमा निधन
कोरोना संक्रमण भएका भारतीय अभिनेता सौमित्र चटर्जीको निधन भएको छ। सत्यरजीत रेको फिल्मबाट अभिनय थालेका चटर्जीको कोलकातास्थित एक अस्पतालमा ८५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
सत्यजीत रेको फिल्म 'अपूर संसार'बाट अभिनय शुरू गरेका चटर्जीले ३ सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत राजनीतिक तथा सिनेकर्मीले अभिनेता चटर्जीको निधनले भारतीय सिनेमामा ठूलो क्षती भएको प्रतिक्रिया जनाएका छन्।
चटर्जीले दादासाहेब फाल्के अवार्ड प्राप्त गरेका छन्।