काठमाडौं उपत्यकामा थपिए ८०७ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ८०७ जना संक्रमति थपिएका छन्। शनिबार ८३५ जना संक्रमित थपिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४५५ पुरुष र ३५२ महिलामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा सक्रिय संक्रमितको संख्या १५२३७, भक्तपुरमा १२५२ र ललितपुरमा २३१५ रहेको छ। यी तीन जिल्लामा क्रमशः ११३२८, १०२८ र १९५९ जना होम आइसोलेसनमा बसेका छन्।
देशभर भने १४७७ संक्रमित थपिएका छन् भने २७९८ जना निको भएका छन्। हालसम्म संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ भने निको हुनेको संख्या एक लाख ७३ हजार ४३० छ।
आजको पीसीआर ६४७६ मात्र छ। हालसम्म १६ लाख ९ हजार ७९ नमूनाको पीसीआर परीक्षण गरिएको छ। नेपालमा अहिलेसम्म कोरोनाका कारण १२२१ जनाको मृत्यु भएको छ।
आज देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ। क्वारेन्टिनमा बस्नेको संख्या १०२१ रहेको मन्त्रालयले जनाएको छ।