पार्टीभित्र 'पत्र संघर्ष' चलिरहेका बेला राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री ओली
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
आज साँझ शीतलनिवास पुगेका प्रधानमन्त्री तथा अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच करिब दुई घण्टा लामो छलफल भएको हो। के विषयमा छलफल भयो भन्ने विषयमा केही सार्वजनिक हुन सकेको छैन। यद्यपी पार्टीभित्रको विवाद चरम उत्केषमा पुगेका बेला उनीहरुबीच भएको भेटलाई महत्त्वका साथ हेरिएको छ।
शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष दाहालले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको पत्रको जवाफ पेस गरेपछि पार्टीभित्रको विवाद कार्यकर्ता तहसम्म पुगेको छ।
आफूलाई अप्ठेरो पर्दा प्राय: बालुवाटार पुगिरहने ओली यसपटक पनि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आरोपप्रत्यारोप र विवाद चलिरहेका बेला शीतलनिवास पुगेका हुन्।
राष्ट्रपति भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापालाई केही समयअघि शीतलनिवास बोलाएर छलफल गरेकी थिइन्।