कोभिड-१९ का बावजुद दराज ११.११ का सबै पछिल्ला रेकर्डहरू तोडिए
नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले कोभिड-१९ को बावजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोडेको छ। ११.११ शुरू भएको पहिलो घण्टाभित्र दराजले रू २.२२ करोडको बिक्री दर्ता गर्यो, गत वर्षको भन्दा ६० प्रतिशत बढी हो।
अभियान दौरान दराजमा ५.२ लाख प्रयोगकर्ताहरूको उपस्थिति थियो भने ७००० भन्दा बढी विक्रेताहरूले २८ विभिन्न शहरहरूमा व्यापार गर्न सफल भए। वालेट र कार्डमार्फत गरिने अनलाइन पेमेन्टमा पनि गत वर्ष भन्दा उल्लेखेनीय बढी वृद्धि भएको दराजले जनाएको छ। जुन पुरै सेलको ४५ प्रतिशत थियो।
समग्रमा, यसपालिको ११.११ मा गत वर्षको भन्दा तुलनात्मक रूपले बढी संख्यामा बिक्री भएको कम्पनीको दाबी छ। अभियानको उल्लेखनीय हाइलाइटहरूमध्ये, पोको सी वान र एम २ फोन अभियान शुरू भएको पहिलो घण्टाभित्रै बिक्री भइसकेको थियो।
बजारमा महामारीको कारण कम व्यापार भैरहेको बेला, ११.११ धेरै व्यवसायहरूको लागि सफल भयो। विशेषगरी साना र मझौला आकारका उद्यमहरूको लागि। ११.११ मा भएको कुल व्यापार संख्यामा २० प्रशित जति एसएमईहरू द्वारा उत्पन्न भएको थियो। यी एसएमईहरू दराजको सहयात्री कार्यक्रमद्वारा दराजमा दर्ता भएका थिए जुन कार्यक्रम विशेष गरि महामारीको बखत एसएमईहरूलाई सहयोग गर्न दराजले लिएर आएको थियो।
यस वर्षको ११.११ मा गत दुई वर्ष भन्दा अझ बढी प्रयोगकर्ताहरू, विक्रेताहरू, खरीकर्ताहरू रहेको कम्पनीको दाबी छ। साथै सबै भन्दा पहिलो डेलिभरी ११.११ कै दिन ८ बजे भएको थियो। ग्राहकहरूको अर्डर समयमै पुर्याउनका लागि कम्पनीले ७००० थप डेलिभरी कर्मीहरू थपेको थियो।