काठमाडौं उपत्यकामा थपिए ८३५ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ८५३ जना संक्रमति थपिएका छन्। शुक्रबार १२०७ जना संक्रमित थपिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४५६ पुरुष र ३७९ महिलामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा सक्रिय संक्रमितको संख्या १५९६७, भक्तपुरमा १३०६ र ललितपुरमा २३४६ रहेको छ। यी तीन जिल्लामा क्रमशः ११३९३, १०१४ र १८३१ जना होम आइसोलेसनमा बसेका छन्।
देशभर भने १९४६ संक्रमित थपिएका छन् भने २५०३ जना निको भएका छन्। हालसम्म संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ भने निको हुनेको संख्या एक लाख ७० हजार ६३२ छ।
आजको पीसीआर ८७५३ मात्र छ। हालसम्म १६ लाख २ हजार ६०३ नमूनाको पीसीआर परीक्षण गरिएको छ। नेपालमा अहिलेसम्म कोरोनाका कारण १२१५ जनाको मृत्यु भएको छ।
आज देशमा सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ। क्वारेन्टिनमा बस्नेको संख्या १०५७ रहेको मन्त्रालयले जनाएको छ।