किनमेल गर्नेको बजारमा चहलपहल छ तर, स्वास्थ्य मापदण्ड ख्यालै छैन (तस्वीरहरू)
कोरोनाभाइरस महामारीबीच तिहारको किनमेल गर्नेहरुका कारण काठमाडौँको मुख्य बजार असन, इन्द्रचोक, भोटाहिटीतिर भीडभाड बढेको छ। तर, किनमेल गर्ने र व्यवसायीहरुले स्वास्थ्य मापदण्डको ख्यालै गरेका छैनन्।
नेपालमा कोरोनाभाइरस संक्रमण शुरु भएसँगै गएको ११ चैतमा सरकारले बन्दाबन्दी घोषणा गरेको थियो। त्यसपछि सबै पसल बन्द भए। दशैँको केही समयअघिदेखि बजार तथा पसल खुल्न थाले पनि चहलपहल कम थियो।
दशैँले बढाएको चहलपहल फेरि सुस्तायो। तर, तिहार शुरु भएपछि शुक्रबार असन, इन्द्रचोक, भोटाहिटी, नयाँ सडकतिर किनमेल गर्नेहरुको निकै भीड थियो। खासगर फूल, माला र पूजाका सामग्री किन्नेहरुको भीड थियो।
न सामान किन्ने ग्राहकले स्वास्थ्य मापदण्ड ख्याल गरेका थिए। न पसल संचालकले नै सचेत गराएका थिए। ग्राहकबीच व्यक्तिगत दूरी कायम गरिएको थिएन। मास्क नलगाइ बजार घुक्नेहरु पनि थिए। लाउने कतिपयले ठीक ढंगसँग लाएनका थिएनन्।