विश्वकप छनौट खेलमा ब्राजिलको जित, अर्जेन्टिना बराबरीमै रोकियो
विश्वकप फूटबल छनौट अन्तर्गत दक्षिण अमेरिकी देशहरुको खेलमा ब्राजिल, उरुग्वे र चिली विजयी हुँदा अर्जेन्टिना बराबरीमै रोकिएको छ।
भर्खरै सकिएको खेलमा ब्राजिलले भेनेजुएलालाई १(० गोल अन्तरले पराजित गरेको हो। ब्राजिलका लागि घरेलु मैदानमा रोबेर्टो फर्मिनोले एक मात्र गोल गरे। उनले ६७औँ मिनेटमा गरेको गोल नै निर्णायक भएको हो।
जितसँगै तीन खेलमा शतप्रतिशत नतिजा निकालेको ब्राजिल शीर्ष स्थानमा उक्लेको छ। उसको नौ अंक छ। उति नै खेल खेलेको अर्जेन्टिना सात अंकसहित दोस्रो स्थानमा छ।
गए राति भएको खेलमा अर्जेन्टिना घरेलु मैदानमा पाराग्वेसँग १(१ गोलको बराबरीमा रोकिएको थियो। अर्जेन्टिनाले २२औँ मिनेटमा नै गोल बेहोरेको थियो। पाराग्वेका लागि एन्जेल रोमेरोले पेनाल्टीबाट गोल गरेका थिए।
अर्जेन्टिनाका लागि ४१औँ मिनेटमा निकोलास गोन्जालेजले बराबरी गोल फर्काए। खेल बराबरीमा टुङ्गिएपछि अर्जेन्टिना केही घन्टाका लागि मात्र अंकतालिकाको शीर्षस्थानमा बसेको थियो। पाराग्वे भने पाँच अंकसहित पाचौँ स्थानमा छ।
अर्को खेलमा उरुग्वेले कोलोम्बियालाई ३(० गोलले पराजित ग¥यो। कोलम्बियाको घरेलु मैदानमा उरुग्वेका लागि एडिसन काभानी, लुइस सुआरेज र डार्विन नुनेजले गोल गरे। सुआरेजले पेनाल्टीमार्फत गोल गरेका हुन्।
खेलको ९०औँ मिनेटमा एरी मिनाले रातो कार्ड पाएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो। उरुग्वे ६ अंकसहित चौँथो स्थानमा पुगेको छ। कोलम्बिया चार अंकसहित सातौँ स्थानमा छ।
त्यस्तै अर्को खेलमा चिलीले पेरुलाई २(० गोलले पराजत गरेको छ। अंकतालिकामा चिली छैटौँ र पेरु आठौँ स्थानमा छन्। त्यस्तै इक्वेडरले बोलिभियालाई ३(२ गोलले पराजित गरेको छ।
इक्वेडर ६ अंकसहित तेस्रो र बोलिभिया १०औँ स्थानमा छन्। दक्षिण अमेरिकी समूहका १० देश आगामी विश्वकप फूलबल प्रतियोगिताको छनौटको प्रतिश्पर्धामा छन्। सबै देशले अहिलेसम्म तीन÷तीन खेल खेलेका छन्।