काठमाडौं उपत्यकामा थपिए १२०७ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १२०७जना संक्रमति थपिएका छन्। बिहीबार ९७३ जना संक्रमित थपिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६८१ पुरुष र ५२६ महिलामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार काठमाडौंमा सक्रिय संक्रमितको संख्या १६४४१, भक्तपुरमा १२६७ र ललितपुरमा २४३१ रहेको छ। यी तीन जिल्लामा क्रमशः ११३८७, १०१४ र २००८ जना होम आइसोलेसनमा बसेका छन्।
देशभर भने २१११ संक्रमित थपिएका छन् भने ३५३७ जना निको भएका छन्। हालसम्म संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ भने निको हुनेको संख्या एक लाख ६८ हजार १२९ छ।
हालसम्म १५ लाख ८४ हजार ३१७ नमूनाको पीसीआर परीक्षण गरिएको छ। नेपालमा अहिलेसम्म कोरोनाका कारण १२०२ जनाको मृत्यु भएको छ।
आज देशमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ। क्वारेन्टिनमा बस्नेको संख्या ९८६ रहेको मन्त्रालयले जनाएको छ।