कोरोनाबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो
पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म १२०२ पुगेको स्वास्थ्य मन्त्रालयको दावी छ।
त्यस्तै मुलुकमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या धेरै रहेको छ। आज थप २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५३७ जना संक्रमित निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै मुलुकामा हालसम्म २०६३५३ जना कोरोना संक्रमित भइसकेका छन् भने त्यसमध्ये १६८१२९ जना निको भएका छन्।
हाल मुलुकमा ३७०२२ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यस्तै ९८६ जना क्वारेन्टिनमा रहेका छन्।
आज देशभर जम्म ९०५३३ नमूना पीसीआर परीक्षण भएको छ। हालसम्म मुलुकमा १५९३८५० वटा नमूना पीसीआर परीक्षण गरिएका छन्।