बलात्कारका आरोपित पक्राउ
सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए। २० कात्तिकमा शौचालय गर्न निस्किएका बेला आरोपितले बाँस झ्याङमा लगेर बलात्कार गरेको पीडित महिलाको भनाइ छ।
यसैगरी, अर्को एक घटनामा १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका–४ स्थित मधवापुरको गङ्गापुरका २२ वर्षीय भुपेन्द्र सरदार बाँतर विरुद्ध बिहीबार उजुरी दर्ता भएको छ। आरोपितले एक्लै देखेर मौका छोपी २३ कात्तिकमा आँपको बगैंचामा बलात्कार गरेको पीडितले आरोप लगाएकी छिन्।
आरोपित हालसम्म पक्राउ परेका छैनन्।