कोरोना संक्रमण पुष्टि भएपछि युक्रेनका राष्ट्रपति अस्पताल भर्ना
यो साताको शुरूमा कोरोना पोजिटिभ देखिएका युक्रेनका राष्ट्रपति भोलोडिमर झलेन्स्की अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका छन्। सरकारी समाचार माध्यम युक्रयिन्स्का प्राभ्दाले जनाएअनुसार उनी बिहीबार अस्पताल भर्ना भएका हुन्।
राजधानी किभस्थित फियोफानिया क्लिनिकमा राखिएका झलेन्स्की अस्पतालबाटै काम गरिरहेका छन् र उनको कार्यालयसँग जोड्ने एउटा विशेष च्यानल स्थापना गरिएको छ। उनले कसैलाई भेट्न भने पाउने छैनन्।
उनले सोमबार आफूलाई ३७ दशमलव ५ डिग्री ज्वरो आएको बताएका थिए। उनको सम्पर्कमा आएका सभामुख दिमित्री राझुम्कोभ र राष्ट्रपति कार्यालयका प्रमुख आन्द्रिइ यर्माकलाई पनि कोरोना पोजिटिभ देखिएको थियो। उनीहरू पनि त्यही अस्पतालमा भर्ना भएका छन्।
बुधबार युक्रेन सरकारले पूरै अर्थतन्त्र प्रभावित नहोस् भनेर बन्दाबन्दी गर्ने घोषणा गरेको छ। यो देशमा करिब ९ हजार मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन्।