सरकारले बांग्लादेशबाट जीटुजी माध्यमबाट मल खरिद गर्ने
सरकारले मल कारखाना स्थापनाका लागि अर्थमन्त्रीको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र कृषि तथा पशुपंछी विकास मन्त्रीसहितको तीन सदस्य रहेको अध्ययन समिति बनाएको छ। साथै सरकारले बांग्लादेशबाट जीटुजी माध्यमबाट मल खरिद गर्ने निर्णय पनि गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै संघीय र प्रदेश कार्यालयहरूमा विद्यूतिय सरकारी लेखा प्रणाली र संघ र पदेशका सबै कार्यालयहरू तथा स्थानीय तहमा सार्वजनिक सम्पत्ति व्यवथापन प्राणाली लागू गर्ने निर्णय पनि भएको बताए।
यसैगरी बलात्कारपछि हत्या गरिएकी सम्झाना कामीको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयाता दिने निर्णय पनि सरकारले गरेको छ। सरकारले २ मंसिरमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ। किजा पूजाको अवशरमा २ मंसिरमा सर्वाजनिक विदा दिने निर्णय भएको प्रवक्ता गुरुङले बताए।