अन्तर्राष्ट्रिय सीमानाका ३० मंसिरसम्म बन्द हुने, विदेशमा अलपत्र नागरिकका लागि उद्दार उडान पनि नहुने
सरकारले अन्तर्राष्ट्रिय सीमा नाका ३० मंसिरसम्म बन्द गर्ने निर्णय गरेको छ। यसअघि ३० कात्तिकसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको सरकारले संक्रमणको दर बढ्दै गएकाले ३० मंसिरसम्म त्यसलाई कायम राख्ने निर्णय गरेको हो। तर नेपाल आउनैपर्नेहरूको हकमा सरकारले तोकेका स्थानबाट प्रवेश गर्न पाइने छ।
यसैगरी विदेशमा अलपत्र नागरिकको हकमा अब उद्दार उडान नहुने भएको छ। कोभिडका कारण विदेशमा अलपत्र १ लाख ३६ हजार २१६ जनालाई उद्दार गरी स्वदेश फर्काइएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब नेपाल आउनै पर्ने नागरिकहरूको हकमा नियमित उडानबाट ल्याउने व्यवस्था मिलाउने बताए।