प्रधानमन्त्रीको सम्पूर्ण तलब र मन्त्री तथा राज्यमन्त्रीको ५० प्रतिशत तलब कोरोना कोषमा जम्मा गरिने
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री अोलीको सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
यस्तै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ। २०७७ कात्तिकदेखि चैतसम्मको तलब कोषमा जम्मा हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए।